गाैरीगंजकाे नीति, वजेट तथा कार्यक्रम सर्वसम्मत पारित, दुईजनालाई सम्मान

July 5, 2021 मा प्रकाशित


गाैरीगंज २१, असार / गाैरीगंज गाउँपालिकाकाे नवाै गाउँसभामा प्रस्ताविक नीति, वजेट तथा कार्यक्रम सर्वसम्मत पारित भएकाे छ ।
असार १० गते नवाै गाउँसभा शुभारम्भ भएकाे गाउँपालिकाकाे पटक- पटक बसेकाे वैठक पश्चात् अाज साेमवार नीति, वजेट तथा कार्यक्रम सर्वसम्मत पारित भएकाे हाे ।

गौरीगंज गाउँपालिकाको नवौं गाउँसभाबाट आर्थिक वर्ष २०७८/०७९ को लागि ४६ करोड ३४ लाख ७४ हजार ३ सय ७० रुपैयाँको कुल वजेट प्रस्ताव गरिएको थियाे ।

जसमध्ये १ करोड ५८ लाख ७५ हजार ६ सय ३० रुपैयाँ घाटा वजेट प्रस्तुत गरिएकाे थियाे ।
गाउँपालिका स्तरिय सडक, पुल, कल्भर्ट शिषर्क अन्तर्गत २ कराेड २५ लाख रूपैयाँ वजेट पारित भएकाे छ । तर गाउँपालिकाकाे ६ वटै वडाबाट प्रस्तावित याेजनाहरूका लागि याे रकम अपुग देखिएकाे छ । प्रस्तावित याेजनाहरूकाे लागि ३ कराेड ९१ लाख वजेट मध्ये १ कराेड ६६ लाख रूपैयाँ अपुग देखिएकाे हाे ।

Advertisement


गाउँपालिकाले गाउँपालिका स्तरिय विपन्न आवासमा ५० लाख, विद्युत विस्तारमा १९ लाख, नविकरणीय उर्जामा ५ लाख, खानेपानी संरचना निर्माणमा २५ लाख, पर्यटनमा ५ लाख, सहकारीमा ५ लाख, युवा तथा खेलकुदमा २० लाख, पुर्ण सरसफाईमा ३ लाख, संस्कृतिक प्रवर्धनमा २८ लाख, सिंचाइ संरचना निर्माणमा १५ लाख रूपैयाँ वजेट छुट्याईएकाे छ ।

गाउँसभामा दुईजनालाई सम्मान

आज नवाै गाउँसभाकाे समापन कार्यक्रममा उत्कृष्ट कार्य गरेकाे भन्दै दुई जनालाई नगदसहित खादा अाेढाएर सम्मान गरेकाे छ ।
अाज साेमवार नवाै गाउँसभाकाे समापन नजिक पुगेकाे कार्यक्रममा स्वास्थ्यकर्मी सुमित्रा गुरूङ्ग ‘सुमी’ र निर्माण व्यवसायी ध्रुव कुमार उप्रेतीलाई गाउँपालिकाले सम्मान गरेकाे हाे ।
गाैरीगंज गाउँपालिका अन्तर्गत गाैरीगंज प्राथमिक स्वास्थ्य केन्द्र खजुरगाछीकाे ल्याव टेक्निसियनकाे रूपमा कार्यरत सुमित्रालाई नगद १५ हजारसहित खादा आेढाएर सम्मान गरिएकाे छ । उनलाई गाउँपालिकका अध्यक्ष बाबुराजा श्रेष्ठ, उपाध्यक्ष दिपिन्द्र थापा, प्रमुख प्रशासकिय अधिकृत राजु दाहाललगायतले नगद, प्रमाणपत्र र खादा अाेढाई अविर लगाएर सम्मान गरेका थिए ।


गाैरीगंज गाउँपालिका वार्ड नं. ६ मा रहेकाे गाैरीगंज खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याव टेक्निसियनकाे रूपमा करिब ४ बर्षदेखि कार्यरत छिन् । काेराेना संक्रमणकाे प्रभाव गाैरीगंजमा पनि देखिएपछि पीसीआर परिक्षणका लागि स्वाव संकलन कार्य उनकै काँधमा छ ।

काेराेना भाईरसकाे संक्रमणले विश्व नै प्रताडित भईरहेकाे बेला आफ्नाे ज्यानलाई जाेखिममा राखेर काेराेनाकाे परिक्षणका लागि अग्रपंक्तिमा रहेर गाैरीगंजमा स्वाव संकलन कार्यमा निरन्तर खटिरहेकी छन् ।

भाेजपुर जिल्लामा जन्मेकी हाल उनकाे पथरी नगरपालिका वार्ड नं. १ गुम्बालाईनमा स्थायी बसाेवास छ ।
त्यसैगरी गाउँपालिकाले समता कन्ट्रक्सन कम्पनी प्राली विर्तामोडका प्राेपाईटर ध्रुवकुमार उप्रेतीले विकास निर्माण याेजना निर्धारित समयमै सम्पन्न गरि गाउँपालिकाकाे विकास निर्माणका सहयाेग पुर्याएकाे भन्दै सम्मान स्वरूप प्रसंशापत्र प्रदान गरेकाे छ । निर्माण व्यवसायी उप्रेतीले नवाै गाउँ सभाकाे समापन कार्यक्रममा गाउँपालिकाले सम्मान गरेकाेमा धन्यवाद दिदै प्रशंसापत्र ग्रहण गरेका थिए । निर्माण व्यवसायी, स्थानिय निकाय र स्थानियकाे समन्वय भयाे भने जुनसुकै याेजना समयमै सकिने उनकाे भनाई थियाे ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस