गाैरीगंज गाउँपालिकाकाे मुल गेटमै बाल विकास शिक्षक तथा कर्मचारीहरूकाे विहानदेखि नै धर्ना,

July 6, 2021 मा प्रकाशित

गाैरीगंज २२, असार /संघिय सरकारले घाेषणा गरेकाे अनुसार बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीकाे माग गाैरीगंज गाउँपालिकाले सम्बाेधन नगरेकाे भन्दै बाल विकास शिक्षक तथा कर्मचारीहरू धर्नामा बसेका छन् ।
गाैरीगंज गाउँपालिकाकाे मुल गेटमै अाज विहान ९ बजेदेखि नै उनीहरू धर्नामा बसेका हुन् । उनीहरूकाे धर्ना कार्यक्रमलाई पेशागत संघ संगठनहरूले साथ दिएका छन् भने हिजाे साेमबार एक विज्ञप्ति प्रकाशित गरि माग पूरा नगरे आन्दाेनमा उत्रिने चेतावनी दिएका छन् ।
गाउँपालिकाले नवाै गाउँसभा मार्फत बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीहरूकाे माग सम्बाेधन गराेस भनेर असार १० गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपिन्द्र थापालाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।
संघिय सरकारले आर्थिक वर्ष २०७८/०७९ को वजेट मार्फत संघले ८ हजार र स्थानिय सरकारले ७ हजार रुपैयाँ व्योर्होनुृ पर्ने र खाजा भत्ता दैनिक १ सय रुपैयाँ उपलब्ध गराउने निर्णय गरेकोमा सोही अनुसार स्थानिय सरकारले बजेट विनियाेजन गर्न माग गरेका हुन् ।
नेपाल शिक्षक महासंघ गाैरीगंज, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन गाैरीगंज, युएनटिअाे संगठनलगायतका पेशागत संघ संघठनहरुले ऐक्यवद्वता जनाएका हुन् ।
नेपाल शिक्षक महासंघ गाैरीगंजका अध्यक्ष हरिलाल यादवले विकास शिक्षक तथा विद्यालय कर्मचारीकाे माग सम्बाेधन नभए अझ शसक्त आन्दोलनमा उत्रिने बताएका छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस