आदिवासी रंगशाला निर्माणका लागि फेरि पहल गर्ने, प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्मालाई भेट्ने

July 17, 2021 मा प्रकाशित

दमक २, साउन /  केहि बर्ष देखि निर्माणका क्रममा रोकिएको झापाको कमल गाउँपालिका ५ स्थित आदिवासी रंगशालाको निर्माणका लागि फेरि पहल थाल्ने भएको छ ।
रंगशाला समितिले आज स्थानीय सरोकारवाला तथा दलहरुसंग अन्तरकृया गरि रोकिएको रंगशालाको कामलाई तीव्रता दिने निर्णय भएको रंगशालाका महासचिव दिपेनवाला राईले बताए ।
त्तत्कालिन एमाले नेतृत्वको सरकारले रंगशालाका कामलाई ओझेल पारेर रंगशाला निर्माणमा चासो नदिएको भन्दै सहभागीहरुले अव सरकारको नेतृत्व फेरिएसंगै रंगशालाको कामलाई तीव्रता दिनुपर्ने सहभागीहरुले जोड दिए ।
उनीहरुले रंगशालाको कामलाई छिटो भन्दा छिटो अगाडी बढाउन सरकारसंग माग गर्ने नभए जनस्तरवाट आवश्यक प्रकृया अघि बढाउनु पर्ने औल्याए । ओली सरकार बहिर्गमन भएपछि अव रंगशालाको प्रकृया अघि बढाउन उपयुक्त अवसर भएको र अव संघीय सरकारमा डेलिकेशन गएर काम अघि बढाउनु पर्ने उनीहरुको जोड छ ।

अन्तरकृयामा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देउकुमार नेम्बाङ, कांग्रेसका महासमिति सदस्य शुरेस सुब्बा, क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, माओवादी केन्द्र कमलका सचिव रविन गुरुङ, अधिबक्ता बिमल संग्रौला, संघीय लिम्बूवान मञ्च नेपालकी केन्द्रीय सचिव बिष्णु भट्टराई, मञ्चका कमल अध्यक्ष सुर्य योक्पाङदेन, प्याव्सन झापाका उपाध्यक्ष गौरीमान फागो ,भलिवल संघका प्रदेश सदस्य रोशन दाहाल,जसपा कमलका अध्यक्ष प्रेम राईलगायतले पछिल्ला समय ओली सरकारले रंगशलामा राजनीति गर्न खोजेको वताएका थिए । उनीहरुले आदिवासी,जनजातिका करिव ८ सय बढी चिहान भत्काएर त्यस क्षेत्रमा आदिवासी रंगशाला बनाउने सहमति माथि ओली सरकारले जालझेल गरिआएको बताएका थिए ।
छलफलमा रंगशालाका सल्लाहकाहरु दिलीप राई,नित्यनन्द ताजपुरिया,राज कुमार न्यौपाने, कांग्रेस कमलका सभापति खगेन्द्र भण्डारी लगायतले समेत रंगशाला निर्माणको विषयमा बोलेका थिए ।
अन्तरकृयाले रंगशालाका अध्यक्ष हुकुमसिंह राईको नेतृत्वमा दलीय प्रतिनिधिमण्डल काठमाण्डौ जाने निर्णय गरेको छ । रंगशालाको भोगाधिकार र निर्माणका विषयमा आफना माग राखेर प्रधानमन्त्री शेरवहादुर देउवा,अर्थमन्त्री जनार्दन शर्मा लगायतका उच्च अधिकारीहरुसंग भेटघाट गर्ने अध्यक्ष राईले बताए । करिव ३८ विगाहा क्षेत्रफल रहेको रंगशालामा दशक अघिसम्म सरकारले पटक पटक वजेट विनीयोजन गरि संरचनाका आधारभूत काम गरिएका थिए । तर पाँच वर्ष यता नामको विवादले रंगशाला लथालिंग हुन पुगेको छ । ओली सरकारले आदिवासीको नाम हटाएर मदन भण्डारी रंगशालाको नाममा नै वजेट छुटयाएपछि काम हुन नसक्दा दुई आर्थिक बर्षका वजेट फ्रिज भएको थियो ।
यता कमलको रंगशालामा आदिवासी जनजातिको अवरोध आएपछि ओली सरकारले त्यहाँको योजना दमकमा लगेको छ । दमक ३ स्थित हम्सेदुम्से सामुदायिक बनको बन फडानी गरि मदन भण्डारी रंगशाला बनाउने प्रकृया थालेको छ । विकासको नाममा भएका वन सम्पदा मास्नु नहुने भन्दै त्यस क्षेत्रका बासिन्दाले पनि त्यहाँ विरोध जनाउदै आएका छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस