वडा नं. १ ले दियो किसानलाई कृषि उपकरण

July 20, 2021 मा प्रकाशित



गाैरीगंज ५, साउन / झापाको गौरीगन्ज गाउँ पालिका वडा नम्बर १ ले साेमवार वडाका किसानलाई पानी तान्ने मोटर र स्प्रे ट्याङ्की बितरण गरेको छ ।
वडाको कृषि तर्फको गत आर्थिक बर्षको कुल साढे ६ लाखको लागतमा ८० जना किसानलाई पानी तान्ने मोटर र ५० जनालाई स्प्रे ट्याङ्की बितरण गरिएको वडा सचिब भोजकुमार अधिकारीले जानकारी दिए । वडाध्यक्ष्य कार्तिकलाल राजबङ्शीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु राजभक्त सुनुवार , टङ्क श्रेष्ठ , जानुका गौतम र सुनिता पास्वानले किसानहरुलाई वडाले अनुदानमा उपलब्ध गराएका ती कृषि उपकरण हस्तान्तरण गर्दै ती सामग्रीको सहि सदुपयोग गर्न आग्रह गरे ।
उनीहरूले कृषि क्षेत्रलाई वडाले उच्च प्राथमिकतामा राखेको पनि बताए । वडा कार्यलयका अनुसार मोटर किसानलाई ६०/४० प्रतिशत र स्प्रे ट्याङ्की ८०/२० काे साझेदारीमा उपलब्ध गराइएको हो । यसअघि वडाले लक्षित समुदायका विपन्न परिवारलाई सिलिन्डरसहितकाे ग्यास चुलाे वितरण गरेकाे थियाे ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस