काेराेना संक्रमणबाट गाैरीगंजमा एक जनाकाे मृत्यु

July 24, 2021 मा प्रकाशित

गाैरीगंज ९, साउन / गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी बस्ने एक जनाकाे कोरोना संक्रमणबाट मृत्यु भएकाे छ ।
अन्दाजी वर्ष ५५ का कर्ण बहादुर कटुवालकाे राती २ बजे मेची अस्पतालमा मृत्यु भएकाे हाे । शारीरिक अस्वस्थ भएपछि घरमै उपचार गराईरहेकाे कटुवाललाई शुक्रबार एन्टीजेन्ट परिक्षण गरिएकाे थियाे । काेराेना संक्रमण पुष्टि भएपछि दिउसाे करिब ३ बजे उपचारका लागि मेची अस्पताल लगिएकाे थियाे ।

निषेधाज्ञा खुकुलो बनाएसँगै झापामा कोरोना संक्रमण र मृत्यु दर बढ्दै गएको छ ।
पछिल्लो चौबीस घण्टामा झापामा ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र चार पुरुष छन् । मेची अस्पतालमा ४ ,बिर्तासिटीमा २ र आम्दा हस्पिटलमा एकजनाको मृत्यु भएको हो । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ४१८ पुगेको छ ।
झापामा कोरोना संक्रमितको कूल सँख्या १९ हजार ९०६ पुगेको छ । त्यसमध्ये १४ हजार ३६९ जना डिस्चार्ज भएका छन् । झापामा २५७५ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा उपचाररत रहेका छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस