बस्तीकाे नाम सतानुबारी कि दरबार मार्ग टोल ? : दुःखि छिन् गाैरवती राजवंशी

July 31, 2021 मा प्रकाशित

बिर्तामोड१६ , साउन । आफू जीवित छँदै आफ्नो श्रीमान् सातानु राजवंशीको नामबाट राखिएको बस्तीको नाम परिवर्तन गरेपछि वयोबृद्धा गौरवती राजवंशी दुखी छिन् । आफ्नो श्रीमान र गाउँबस्तीकै इतिहासलाई नामेट पार्न खोजेकोमा ८६ वर्षिया गौरवतीलाई दुख लागेको हो ।

Advertisement

बिर्तामोड मात्र नभएर झापा जिल्लामै सातानु राजवंशीलाई नचिन्ने कोही थिएनन् । तीनपल्ट प्रधानपञ्च भएका सातानु प्रख्यात थिए । राजनीतिक , आर्थिक , सामाजिक हरेक क्षेत्रले उनी निपुण थिए । अहिलेको सैनिक मोडको सिंगो शहर अवस्थित सम्पूर्ण जग्गा उनकै थियो । उनको ख्याति र योगदानकै आधारमा त्यस ठाउँलाई सातानुबारी भन्ने गरिन्थ्यो । निकै वर्षपछि २०१५ सालमा इलामबाट भुपू सैनिक परिवारलाई ल्याएर हालको सैनिक बजारमा राखेपछि सातानुबारीलाई सैनिकमोड भन्न थालियो । त्यति हुँदाहुँदै केही वर्षदेखि दरबारमार्ग टोल राखिएपछि बयोबृद्धा गौरवतीको चित्त दुखेको हो । ‘ हामी पुराना बासिन्दा राजवंशीहरु बोल्दैनौं’ उनले भनिन् ,‘ जसले जे पायो त्यही नाम राख्छन् । भूमिपुत्र राजवंशीहरु एक नहुँदा उनीहरुको अस्तित्व र पहिचानलाई मेट्ने दुष्प्रयास गर्ने गरिएको उनको बुझाइ छ ।‘ पहिलाका मानिसहरु अशिक्षित थिए तर इमान्दार थिए ’ उनले दुखेसो पोखिन्् ,‘अहिले शिक्षित छन् तर छलकपट गर्छन् ।’

उनलाई संझना भएअनुसार त्यतिबेला सातानुबारीमा उनीहरुको मात्र घर थियो चारैतिर जंगलैजंगल । बिर्ताबजारमा पनि धेरै घर थिएनन् । बिर्तामोड भएको ठाउँमा काशघारी थियो । पछि मात्र शहरीकरण भएको हो । नेपालको सुदूरपूर्व दक्षिणका तीन जिल्ला झापा , मोरङ र सुनसरीमा प्राचीनकालदेखि बसोबास गर्दै आएका मुख्य जातिको रुपमा राजवंशीलाई मानिन्छ । यो जाति नेपालका आदिबासी समुदायको प्रमुख जाति हुन् ।आफ्नै किसिमको भाषा , संस्कार संस्कृति , रहनसहन भएको हुनाले राजवंशी जातिको छुट्टै पहिचान छ । राणाकाल र पंचायतकालदेखि बहुदलीय शासन व्यवस्थासम्म आइपुग्दा राजवंशीहरुकै वर्चस्व रहेको थियो । त्यसपछि उनीहरु क्रमश विस्थापित भएका हुन् । विस्थापित भएसँगै उनीहरुको विगतको इतिहासलाई मेट्ने दुष्प्रयास जारी छ । राजवंशी शब्द ‘झाप’बाट झापा जिल्लाको नामाकरण गरिएको सन्दर्भमा यस जिल्लाको विगतलाई हेर्दा अधिकांश भूभाग यही जातिले नै उपभोग गरेका थिए । कूल खेतीयोग्य जमिनको ८० प्रतिशतको स्वामित्व राजवंशीहरुको हकमा रहेको थियो । जिम्दार , पट्वारी, देउनियाजस्ता पदप्रतिष्ठामा रहेर उनीहरुले यहाँको शासनको बागडोर सम्हालेका थिए ।

बिर्ताबजार, चारपान्या ,गारामुनी ,रुकाधारी , लालमाटी ,भाङ्गाटीनबारी , चैतुबारी ,कल्ठुबारी , मेघाबारी , बानालालबारी , चिमितबारी , कचुबारी , भाजीखुवाबारी , तेलगानी , संग्लुबारी , फागुबारी ,सातानुबारी ,मान्डाबारी , घान्टीबारी ,नारियाबारी , साधुलालबारी , सातालसिंहबारी , लखीबारी , पाग्लीभट्टी ,खोकबारी,तहबिलबारी , झाँजीबारीजस्ता गाउँबस्तीको नामाकरणले पनि बिर्तामोडको मूल बासिन्दा राजवंशीहरु भएको प्रमाणित गर्दछ । तर , अहिले बिर्तामोडका धेरै टोल वस्तीको इतिहासलाई मेटाउने गरी नाम परिवर्तन गरिएको छ । एउटा जातिले अर्को जातिको अस्तित्वमाथि धावा बोलिरहँदा समेत स्थानीय सरकारले सहयोग गर्नुको साटो अस्तित्व समाप्त पार्नेतर्फ लागेको बिर्तामोड नगरपालिकाका कार्यपालिका सदस्यसमेत रहेका राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशीको भनाइ छ । नगरपालिका र वडा कार्यालयहरुले टोल विकास संस्था गठन गर्नेक्रममा पुराना गाउँवस्तीको इतिहास र पहिचानलाई मेटाउने काम गरिएको उनले बताए । यसबाट यहाँका पुराना बासिन्दामा चिन्ता थपिएको राजवंशीले बताए ।

5 प्रतिक्रिया

  1. राजवंशीहरुले अब प्रतिकार गर्न सिक्नु पर्छ। खासमा हामीहरुको पहुँच माथि सम्म नरहनु नै हामीहरुको ठूलो दुखको कुरा हो र शिक्षाको कमिको कारण पनि हो साथै काम गर्न लाज मान्नु पनि हो।

  2. Rajbanshi haru ko Daani banne bani le Garda rajbanshi nai garib vako dekhinxa tiyo aauta garib hoina ki u name rakhna Lai aaru thari Lai dine garxa tesaile aalik din aaru herdai jau na name rahanxa na Ghar dherai futtani rajbanshi ko hunnxa

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस