दमकका तीन साहित्यकारलाई ‘भारतीय अवार्ड’

August 19, 2021 मा प्रकाशित

दमक ३, भदौ / दमकका तीन साहित्यकार ‘भारतीय साहित्य अवार्ड’बाट पुरस्कृत हुनुभएको छ । अङ्ग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मानिनु हुने दमकका खेमलाल पोखरेलसहित तोयानाथ चापागाईँ र विष्णुप्रसाद भट्टराई सो अवार्डबाट पुरस्कृत हुनुभएको हो । विश्व अङ्ग्रेजी साहित्यमा विशेष योगदान पुरयाएवापत उहाँहरुलाई भारतको ७५औँ स्वतन्त्रता साहित्य अवार्ड प्रदान गरिएको जनाइएको छ । दिवसका उपलक्ष्यमा विश्व अङ्ग्रेजी साहित्यकारहरूको छाता संस्था मोटिभिसनल स्ट्रिप्स र गुजरात साहित्य एकाडेमीले संयुक्तरूपमा सो अवार्ड प्रदान गरेको हो । अवार्ड पाउने छ अङ्ग्रेजी साहित्यकार नेपालीमा कृष्ण चाम्लिङ, तुलसी श्रेष्ठ र हुम आले हुनुहुन्छ । अवार्ड बर्सेनि भारत स्वतन्त्रता दिवसका सन्दर्भमा आयोजक संस्था मोटिभिसनल स्ट्रिपका संस्थापक सिजु एच पालिथाजेथ र गुजरात साहित्य एकाडेमीका संस्थापक डा विष्णु पाण्डेयले वितरण गरिआउनुभएको छ । पितृको स्मृतिमा विद्यालयमा अक्षयकोष कमल गाउँपालिका–७ विष्णुकठ्ठास्थित सिंहदेवी आधारभूत विद्यालयमा स्थानीय एक परिवारले आफ्ना पिृतको स्मृतिमा रु एक लाख ५० हजार ५५५ को अक्षयकोष स्थापना गरेका छन् । स्थानीय शान्ता केरुङ लिम्बूकी आमा स्व गौमाया लिम्बू र बहिनी स्व हेमकुमारी लिम्बूको स्मृतिमा उनका परिवारजनले विद्यालयमा उक्त कोष स्थापना गर्नुुभएको हो । विद्यालयमा आज संक्षिप्त कार्यक्रम गरी दाता परिवारले उक्त कोषको रकम दाता परिवारकी छोरी अमृता केरुङले विद्यालयकी प्रधानाध्यापक इन्दिरादेवी खनाललाई हस्तान्तरण गर्नुभयो । विद्यालयमा हालसम्म विभिन्न्न व्यक्तिबाट गरिब तथा जेहेन्दार विद्यार्थी लक्षित आठवटा अक्षयकोष स्थापना भएको विद्यालयका प्रधानाध्यापक खनालले बताउनुभयो । विसं २०३० मा स्थापना भएको उक्त विद्यालयले यस वर्षदेखि अङ्ग्रेजी र नेपाली दुवै विषयमा कक्षा ६ सम्मको पठनपाठन हँुदै आएको छ । रासस

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस