स्वतन्त्र पत्रकार संघ झापा अध्यक्षमा ढकाल सर्वसम्मत

August 20, 2021 मा प्रकाशित

बिर्तामोड, भदौ ४ । स्वतन्त्र पत्रकार संघ झापाको अध्यक्षमा नरेन्द्र ढकाल सर्वसम्मत चयन भएका छन् । जिल्लाको प्रथम अविधेशनले ढकाललाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो । समितिको उपाध्यक्षमा पुष्पा लिम्बू, सचिवमा चन्द्र बस्नेत र कोषध्यक्षमा आयुष निरौला सर्वसम्मत भएका हुन् ।

Advertisement

त्यस्तै सदस्यहरु तिर्थ तिम्सिना, सुरेश आले, कुमार थापा र गोपाल अधिकारी चयन भएका छन् । समितिका अन्य सदस्यहरु समितिको आगामी बैठकले टुङ्गो लगाउने निर्णय भएको छ । संस्थापक अध्यक्ष रत्नबहादुर बस्नेतको अध्यक्षता तथा राष्ट्रिय कोषध्यक्ष शालिग्रमा पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वतन्त्र पत्रकारहरुलाई अझ सक्रिय रुपमा अघि बढाउने निर्णय समेत भएको छ ।

दलिय स्वार्थका कारण मुलक गम्भिर संकटमा पर्ने खतराबढेको भन्दै पत्रकारिता समेत स्वतन्त्र र निष्पक्ष बन्न नसक्दा नागरिकले सहि सुचना पाउनबाट बञ्चित हुनु परेको निकर्ष निकालिएको छ । नवनिर्वाचित अध्यक्ष ढकालले झापामा पत्रकारका क्रियाशिल संघ–संगठनले अझै पनि स्वतन्त्र पकारको अस्तित्व स्विकार गर्न अनाकानी गरेको भन्दै स्वतन्त्र पत्रकारहरुलाई पनि सम्मानजन रुपमा ब्यवहार गर्न माग गरे ।

दलिय संगठनको आधारमा गठन भएका संगठनहरुले स्वतन्त्र पत्रकारिता गर्न नसक्ने भएकाले आस्था र विचारलाई थाँती राख्दै पत्रकारिता स्वतन्त्र रुपमा गरिनु पर्नेमा जोड दिइएको छ । साथै पत्रकार महासंघको हरेक गतिविधिमा स्वतन्त्र पत्रकारहरुलाई समेत समावेश गर्न माग गरिएको छ ।

समाचार लेखेकै आधारमा कसैले असुरक्षाको अनुभूति गर्न नपरोस् भन्दै जिम्मेवार पत्रकारिता गर्नु आजको आवश्यकता भएकोमा स्वतन्त्र पत्रकारहरुले जोड दिएका छन् । कोरोना भाइरसको संक्रमण झापामा बढ्दै गएका बेला प्रविधिको प्रयोग गर्दै अधिवेशन सम्पन्न गरिएको हो ।

साथै अधिवेशनले संस्थापक अध्यक्ष बस्नेतलाई प्रदेशमा समितिमा सिफारिस गरेको छ । केन्द्रिय महाधिवेश आगामी १९ र २० गते नवलपुरमा गरिने भएकाले जिल्ला अधिवेशहरु धमाधम भइरहेका छन् । २५ जिल्लामा संगठन विस्तर भइसकेको र आगामी दिनमा थप जिल्लाहरुमा संगठन विस्तारलाई तिब्रता दिइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस