खोप लुकाएको आरोप पुष्टि भएन : छानविन समिति

August 23, 2021 मा प्रकाशित

बिर्तामोड ७, भदौं / झापाको बिर्तामोडस्थित एक होटमा कोभिड विरुद्धको खोप लुकाइएको आरोप पुष्टि नभएको छानविन समितिले जनाएको छ । समितिले निर्धारित समयभन्दा दुई हप्ता ढिलो गरि प्रतिवेदन बुझाउदैं आरोप पुष्टि नभएको जनाएको छ । समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा बनेको समितिले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई आज खोप छानविनको प्रतिवेदन बुझाएको छ ।

Advertisement

खोप विधिसम्मत स्वास्थ्य कार्यालयले बिर्तामोडलाई पठाएको प्रतिवेदनमा उल्लेख छ । समितिका संयोजक रिमालले गलत मनसायबाट होटलमा खोप नपुर्याएको जानकारी दिए । उनका अनुसार होटलमा खोप बुझ्नु चरमलापरबाही भएको छ ।
समितिले खड्कासँग लिखित स्पष्टीकरण मागेको थियो । यस्तै, स्वास्थ्य कार्यालय , नगरपालिका, प्रत्यक्षदर्शी र होटल सञ्चालकसँग सोधपुछ गरेको थियो । समितिले स्वास्थ्य कार्यालयबाट खोप प्रक्रिया पुरा गरेर वा नगरि पठाएको भन्ने बारे खोजी गरेको छ । समितिका एक सदस्यले भने, खोप लुकाइएको भन्ने प्रमाणित भएन । होटलमा लगिएको विषयलाई गलत भनिएको छ । उनले थपे, होटलमा लैजानु गलत भए पनि कुनै नियत देखिदैन ।

खोप छानबिन समितिले खोप बुझ्ने स्थल र प्रक्रियामा गम्भीर त्रुटि भएको देखिएकोले खोप बुझ्ने र बुझाउने दुबै पक्षका सम्बन्धित कर्मचारीलाई आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा पत्रचार गर्ने राय सहित प्रतिवेदन सार्वजनिक गरेको छ ।

साउन १५ गते बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्काले होटल टाइमलेस मोमेण्टमा खोप लुकाएको आरोप लागेको थियो । बिर्तामोडका केहि व्यापारी र सामाजिक संघ संस्थामा आवद्ध युवाले खड्काले खोप लुकाएको आरोप लगाएका थिए । सोही आरोपका आधारमा बिर्तामोड वाणिज्य संघले समेत खड्काको विरुद्धमा लागेर पत्रकार सम्मेलन गर्दै आरोपमाथि आरोप थप्ने काम गरेको थियो ।
त्यो दिन, शुक्रवार कार्यलय बन्द भइसकेकाले खड्काले होटलमै खोप ल्याइदिन भनेका थिए । स्वास्थ्य कार्यालय झापाले पनि फोकल पर्सनको कुरा मानेर होटल मै खोप छोडेर गएको थियो । खोप छोडेको केहि वेरमा नगरपालिकाको गाडि खोप लैजान होटेल आइसक्दा पनि जवरजस्ती खोप लुकाएको आरोल लगाइएको थियो । सबैका सामुन्ने खोप बुझेर खड्काले काउण्टरको कर्मचारीलाई राखिदिन भन्दै उनी खाजा खान माथिल्लो तला चढेका थिए । उनी माथि चढेपछि खोप बुझ्दा नजिकै रहेका व्यक्तिहरुले नै खोप लुकाएको भन्दै सबैलाई खवर गरेर माहोल तताएका थिए । वाणिज्य संघले गरेको पत्रकार सम्मेलनमा संघका सदस्य जीवन खड्काले खोप लुकाएको दावी गरेका थिए । खड्का र उनीसँगै रहेको समूहले खोप बारे गलत प्रचार गरेका हुन् । १०३ भायल खोप लुकाएको भन्ने घटना व्यापक भएको थियो । खोप लुकाएको भन्ने सुनेर बिर्तामोडका नागरिक आक्रोसित भएका थिए ।

खड्काले खोप लुकाएको भनिएको घटना बाहिर आएपछि नगरपालिकामा समेत तालावन्दी गरिएको थियो । नेविसंघ र अखिल क्रान्तिकारीले खोपमा भएको अपारदर्शिता सार्वजनिक गर्न माग गर्दै उनीहरुले तालावन्दी गरेका थिए । खोपका बारेमा छानविन समिति नबनुञ्जेल आन्दोलन भइरहेको बिर्तामोडमा छानविनि समिति बनेपछि मात्रै शान्त भएको थियो । खड्कालाई यहाँका उनका प्रतिष्पर्धीले खोप विक्रि गरेको आरोप पनि लगाउका थिए । खोप विक्रि गरेको आरोप लागेपछि समितिले उनीहरुलाई प्रमाण ल्याउन भन्दै एक हप्ता दिएका थिए । तर, आरोप लगाउनेहरुले प्रमाण पुराउन सकेनन् । घटना भएकै दिन खड्काले यथार्थ कुरा बताउँदा पनि जवरजस्ती लुकाएको आरोप लगाएको गुनासो गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस