प्रदेश नं १ मा ४८३ जनामा कोरोना सङ्क्रमण

August 28, 2021 मा प्रकाशित

विराटनगर १२, भदौ  / पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४८३ जनामा कोरोना सङ्क्रमण भएको छ । सातसय ७९ को पीसीआर परीक्षण गर्दा २७२ मा र एक हजार १०३ को एन्टिजेन परीक्षण गर्दा २११ को रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीमा १२०, मोरङमा ७५ झापामा ४०, पाँचथरमा २१, इलाम र उदयपुरमा चार÷चार, सङ्खुवासभामा दुई, धनकुटा, भोजपुर र खोटाङमा एक÷एक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण देखिएको थियो । आज ४९७ जना कोरोना सङ्क्रमणमुक्त भएकामा २४३ महिला र २५४ पुरुष छन् । यस अबधिमा सङ्क्रमणबाट चार महिलासहित सातको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस