कांग्रेसकाे वडा अधिवेशन नजिकिएसंगै नेताहरुको दौडधुप शुरू,क्षेत्रीय प्रतिनिधिमा होडबाजी

August 28, 2021 मा प्रकाशित

Advertisement

दमक१२, भदाै / यसै साता भित्र शुरु हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको वडा अधिवेशन नजिकिएसंगै नेताहरुको दौडधुप बढेको छ । गाउँ/नगर, क्षेत्र, जिल्ला हुँदै केन्द्र तह सम्मको नेतृत्वका आकांक्षीहरु अधिवेशन केन्द्रित भएका हुन ।
कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला, प्रवक्ता  विश्वप्रकाश शर्मा जस्ता केन्द्रिय राजनीतिका हस्तीहरुनै गृह जिल्ला झापामा केन्द्रित भएका छन । सबैको ध्यान १८ भाद्रमा हुने वडा अधिवेशनमा केन्द्रित भएको छ ।

वडा सभापति र क्षेत्रीय प्रतिनिधिहरु चुन्ने र चुनिनेमा होडबाजी छ । यसपटक कोरोना महामारीको कारण देखाउँदै कांग्रेसले क्रियाशील सदस्यहरु मार्फत चुनिने क्षेत्रीय प्रतिनिधिहरुलाई नै बढी अधिकार सम्पन्न बनाएका कारण क्षेत्रीय प्रतिनिधि चुन्ने र चुनिनेमा सबै तहका नेताहरुको ध्यान केन्द्रित भएको हो । १० क्रियाशील सदस्य बराबर एक क्षेत्रीय प्रतिनिधि चुनिने गर्छन त्यसकारण वडामा कायम भएका क्रियाशील सदस्य संख्याको आधारमा क्षेत्रीय प्रतिनिधि चुनिनेछन । त्यस भित्र आरक्षित कोटा समेत सुरक्षित भएको र नयाँ संरचना अनुसार प्रदेश निर्वाचन क्षेत्रको समेत निर्वाचन हुने भएकाले धेरै आकांक्षीहरुलाई व्यवस्थापन गर्न यसपटक कांग्रेसलाई सहज देखिएको छ तर क्षेत्रीय प्रतिनिधिलाई मात्रै बढी अधिकार सम्पन्न बनाइएकोमा भने कतिपय कार्यकर्ताहरु असन्तुष्ट देखिन्छन ।
कसकसलाई सहज ?
यो अधिवेशनमा महत्वपूर्ण खुडकिलो मानिएको क्षेत्रीय प्रतिनिधि चुनिनका लागि झापामा कतिपय नेताहरुलाई भने निर्वाचन निर्देशिकाले सहज बनाइदिएको छ । पार्टीको तर्फबाट संघ र प्रदेश तहको निर्वाचन लडेका प्रत्यासी उम्मेदवारहरु र सांसद भने स्वत क्षेत्रीय प्रतिनिधि हुनेछन । झापा क्षेत्र नं ५ मा संघीय निर्वाचन क्षेत्रका प्रत्यासी उम्मेदवार खगेन्द्र पाण्डव अधिकारी, प्रदेश सभा निर्वाचन क्षेत्रका प्रत्यासीद्धय राजन बहादुर ढुंगाना र अनिलकृष्ण प्रसाइँ तथा संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बुले क्षेत्रीय प्रतिनिधिको निर्वाचन लडनु पर्नेछैन । उनीहरु स्वत प्रतिनिधि हुनेछन तर सो भन्दा माथिल्लो पदमा भने अरु सरह निर्वाचनको सामना उनीहरुले गर्नुपर्ने हुन्छ ।


विश्वप्रकाश भन्छन – सबैलाई ल्याउँ
महाधिवेशनको राप बढेसंगै गृह जिल्ला झापामा व्यस्त रहेका कांग्रेसका युवा नेता एवं प्रवक्ता विश्वप्रकाश शर्माले आज शनिबार दमकमा कार्यकर्ताहरुमाझ पार्टी अधिवेशनमा सबैलाई अटाउने भावना राख्न आग्रह गरे । उनले यस पल्ट कांग्रेस विधानमा विभिन्न जाती, समुदाय र पिछडिएको क्षेत्रलाई समेत आरक्षण कोटा व्यवस्था भएको बताउँदै अधिवेशनमा कसैलाई नल्याउने वा हराउने भन्ने भावना त्याग्नु पर्ने सुझाव दिए । उनले भने – फलानोलाई नल्याउने नविन कांग्रेस बन्ने बताए । सो कार्यक्रममा नेपाली कांग्रेसका बैकल्पिक केन्द्रिय सदस्य दिलिप राईले पनि बोलेका थिए । झापा क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस