जिवन राईले गरे प्रदेश सभा क्षेत्र ५ ( क) को सभापतिमा उम्मेदवारी घोषणा

September 10, 2021 मा प्रकाशित



दमक २५, भदाैं / झापाको गौरादह निवासी युवा व्यवसायी नेता तथा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि जिवन राई आसन्न १४ औं महाधिवेशनमा प्रदेश न १ अन्तरगतको प्रदेश सभा क्षेत्र नम्बर ५ (क) को सभापतिमा उम्मेदवारीको घोषणा गरेका छन ।

राजनीतिक , सामाजिक तथा व्यवसायिक क्षेत्रमा अलग किसिमको पहिचान बनाएका राई गौरादह उद्योग वाणिज्य संघको अध्यक्ष समेत भइसकेका छन ।

Advertisement

संघीय संरचना अनुसार प्रदेश सभा निर्वाचन क्षेत्र नयाँ संरचना भएको र यसको कार्यान्वयनमा आफूले योगदान दिनुपर्छ भन्ने उद्धेश्यले आफू १४ औं महाधिवेशनमा प्रदेश सभा निर्वाचन क्षेत्र ५ ( क) को सभापतिमा उम्मेदवार बनेको राईले जनाएका छन । राईले भने– ‘मेरो निर्वाचन क्षेत्रमा मेरो योगदानलाई आम नेता कार्यकर्ताहरुले बुझनु नै भएको छ भन्ने मलाई लाग्छ मेरो उम्मेदवारी कांग्रेसलाई यो क्षेत्रमा चलायमान र सशक्त बनाउनैका लागि हो ।’ व्यवसायिक तथा सामाजिक क्षेत्रसंगै राजनीतिलाई सेवा गर्ने अवसरका रुपमा लिँदै आफूले पार्टीको सभापतिमा उम्मेदवारी दिने र सबैको भावनाको प्रतिनिधित्व हुनेछ भन्नेमा आफू विश्वस्त रहेको राईले बताए । निर्माण व्यवसायका क्षेत्रमा प्रजिना कन्स्ट्रक्सन कम्पनी मार्फत सक्रिय राई उदार र परोपकारी स्वभावका नेता हुन । उनले स्थानीय क्लबहरु मार्फत विपन्न तथा असहायहरुलाई सहयोग गर्दै आएका छन । आफ्नो ब्यबसायबाट कमाएको मुनाफाको केही हिस्सा परोपकारका क्षेत्रमा लगाउने गरेका राईको विचारमा राजनीतिलाई पेशा सेवाको माध्यम बनाउन चाहेका छन् ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस