आदिवासी जनजाति महासंघ झापाकाे दुई दिने प्रशिक्षण शुरू

September 14, 2021 मा प्रकाशित


Advertisement

विर्तामोड २९, भदाै /आदिवासीकाे भूमी सम्बन्धि अधिकार र नेपालमा भएका अभ्यासहरू सम्बन्धि आजदेखि २ दिने अन्तरक्रियात्मक कार्यक्रम विर्तामोडमा शुरू भएकाे छ ।

नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद झापाकाे आयाेजनामा भएकाे कार्यक्रमकाे प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघ जिल्लाका संस्थापक सहसंयाेजक कृष्ण उदास रहेका छन् ।
झापाकाे १५ वटै गाउँ र नगरपालिकाबाट १ सय भन्दा बढी प्रतिनिधित्व हुने गरि अायाेजित कार्यक्रमकाे प्रशिक्षण नेपालका आदिवासीहरूकाे मानव अधिकार सम्बन्धि वकिल समूह ( लाहुर्निप)का काेषाध्यक्ष तथा अधिवत्ता भिम राईले गरिरहेका छन् ।
उनले आदिवासीकाे भूमी सम्बन्धि अधिकार, आत्म निर्णयकाे अधिकार, स्वतन्त्र ,अग्रिम, सुसूचित मञ्जुरी र सहभागीता र प्रतिनित्व, पहिचान सम्बन्धि जानकारी दिएका छन् । कार्यक्रममा आदिवासीकाे अधिकार सम्बन्धि राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा कानुनी व्यवस्था के के छन् ? तिनकाे कार्यान्वयन पक्ष कस्ताे छ ? र सरकारले अादिवासीकाे अधिकारलाई कानुनीरूपमा के कस्ताे व्यवस्था गरेकाे छ भन्नेबारे बताएका थिए ।

आदिवासीहरूकाे अधिकार सम्बन्धि संयुक्त राष्ट्र संघकाे घाेषणा पत्र २००७ र अन्तर्राष्ट्रिय श्रम संगठन १६९ काे बारेमा बताईएकाे थियाे ।
नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय समितिका अध्यक्ष भरत कुमार श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल राष्ट्रिय महिला आदिवासी जनजाती महासंघका जिल्ला अध्यक्ष माया गुरूङ्गले शुभकामना मन्तव्य राखेका थिए ।
महासंघका पुर्व जिल्ला अध्यक्ष प्रेम घिसिङ्गले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन महासंघका जिल्ला सचिव विरेन मेचेले गरेका थिए ।
नेपालमा कुल जनसंख्याको करिब ३८ प्रतिशत जनसंख्या आदिवासी जनजातिकाे रहेता पनि सरकारले आदिवासीकाे अधिकारलाई व्यवहारिक रूपमा कार्यान्वयन नगरेकाे अधिकांश सहभागीले आराेप लगाएका थिए । नेपालका आदिवासीहरूकाे मानव अधिकार सम्बन्धि वकिल समूह ( लाहुर्निप)काे सहयाेगमा कार्यक्रम भईरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस