पत्रकार राजवंशी प्रदेशसभा क्षेत्र ( क )मा उपसभापतिका उम्मेदवार

September 19, 2021 मा प्रकाशित

गौरीगञ्ज ३,असोज / नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा झापाको गौरीगञ्जका पत्रकार आत्माराम राजवंशीले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ५ अन्तर्गतको प्रदेश सभा क्षेत्र (क) को उपसभापतिमा उम्मेदवारीको घोषणा गरेका छन् ।
करिब डेढ दशक अघिदेखि पत्रकारितामा सक्रिय गौरीगञ्ज मिडिया प्रालिका सञ्चालक समेत रहेका राजवंशीले आज संविधान दिवसको अवसर पारेर आफनो उम्मेदवारी घोषणा गरेका हुन् । पत्रकारिता पेशालाई अघि बढाउने सिलसिलामा आफनो आस्थावान दलको ऐतिहासिक महत्व राख्ने महाधिवेशन भएका कारण आफूले पार्टी नेतृत्वमा इच्छा देखाएको बताए । लोकतन्त्र र संविधान प्राप्तीमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने मुलुकको एक मात्र जनप्रिय दलका रुपमा आफूले कांग्रेसलाई लिएको र संविधानको जननीका रुपमा रहेको दलको नेतृत्वमा संविधान दिवसको अवसर पारेर आफनो उम्मेदवारी घोषणा गरेको उनले बताए ।

राजवंशी ज्ञानेन्द्र खत्रीको नेतृत्वमा रहेको प्यानलबाट प्रदेश सभा निर्वाचन क्षेत्रको उपसभापतिमा उम्मेदवार बनेका हुन् । उम्मेदवारी सार्वजनिक पछि उनले आज आइतबारनै चुनावी अभियानमा जुटेको बताए । उनले भने, –‘सबै साथीहरुसंग हाम्रो टिम सामुहिक भेटघाट र पार्टीमा रुपान्तरणको बिषयलाई लिएर अन्तरक्रियामा लागेका छौं ।’

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस