कमेडी च्याम्पियन भरतमणीलाई दमकमा अभिनन्दन

October 17, 2021 मा प्रकाशित

दमक / राष्ट्रिय कमेडी च्याम्पियन भरतमणी पौडेललाई झापामा अभिनन्दन गरिएको छ । भर्खरै सम्पन्न कमेडी च्याम्पियन रियालिटी शोमा सर्वोत्कृष्ट प्रस्तुति दिएर राष्ट्रियस्तरको सो प्रतिस्पर्धामा उपाधि जित्न सफल ताप्लेजुङका स्थायीबासिन्दा पौडेललाई झापाको दमकमा रहेको पौडेल युवा मञ्च दमक नगर समिति र निष्कर्स न्युजले कमल ५ स्थित आँखिझ्याल रेस्टुरेन्टको सभाकक्षमा हिजो आयोजना गरेको कार्यक्रममा अभिनन्दन गरेका हुन् ।
युवा मञ्चका अध्यक्ष थरेन पौडेलको अध्यक्षता र सल्लाहकार संयोजक राम पौडेल र दमकका युवा ब्यवसायी तथा लायन लिडर ज्ञाननाथ पौडेलको विशेष आतिथ्यमा भएको कार्यक्रममा उनलाई बधाई ज्ञापन गर्दै अभिनन्दन पत्र हस्तान्तरण गरिएको थियो ।
सो अवसरमा कमेडी च्याम्पियन पौडेलले सबैको साथ , सहयोग र हौसलाका कारण आफुले उपाधि जित्न सफल भएको भन्दै धन्यवाद व्यक्त गरे । उनले आफ्नो प्रतिभालाई निरन्तर अगाडी बढाएर कलाकारितालाई ब्यवसायिकताको बाटोमा अघि बढाउने प्रतिबद्धता जनाए । भर्खरै सम्पन्न रियालिटी सोमा उपाधी जित्दै पौडेलले नगद २५ लाख र कार हात पारेपछि सामान्य परिवारमा पनि बिशिष्ट प्रतिभाको सम्भावना हुन सक्ने उदाहरणका रुपमा लिइएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस