‘सरकारकाे आलाेचना गर्ने बेला हाेईन, जनतालाई राहत दिने बेला हाे’ – कांग्रेसका केन्द्रीय प्रवत्ता शर्मा

October 21, 2021 मा प्रकाशित

दमक ४, कार्तिक / नेपाली कांग्रेसकाे प्रदेश, क्षेत्र र जिल्लाकाे अधिवेशन तिहार सकिए लगतै हुने बताएका छन्। नेपाली कांग्रेसकाे १४ औं केन्द्रीय महाधिवेशन निर्धारित समयमा हुने या नहुने चर्चा चलिरहेकै बेला पार्टीका केन्द्रीय प्रवत्ता विश्वप्रकाश शर्माले यस्ताे बताएका हुन् ।
अाज नेपाल प्रेस युनियन माई पश्चिम क्षेत्रिय समितिकाे आयाेजनामा दमक नेपाली कांग्रेस नगर पार्टी कार्यालयमा भएकाे पत्रकार भेटघाट कार्यक्रममा महाधिवेशनबारे छिट्टै केन्द्रीय कार्य समितिकाे वैठक बसी पार्टीकाे आधिकारिक निर्णय सार्वजनिक गर्ने प्रवत्ता शर्माले बताए । पार्टीको केन्द्रीय महाधिवेशन मंसिर ९ गते हुने तर अन्य अधिवेशनकाे हकमा पुर्वनिर्धारित समय हेरफेर हुनसक्ने पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रवत्ता शर्माले जानकारी दिए ।
‘सरकारले १०० दिन गुजार्दै गर्दा सरकारकाे समीक्षा गर्ने सन्दर्भमा यसबीच १०० दिन आफैमा धेरै समय हाेईन तर प्रधानमन्त्रीकाेरूपमा काम गर्दा १०० दिन प्रयाप्त समय पनि हाे ।’ प्रवत्ता शर्माले सरकारकाे एकसय दिनकाे कामकाे उपलब्धिका विषयमा चर्चा गर्दै भने – ‘ नेपालकाे मात्रै हाेईन संसारकाे अन्य मुलुकहरूमा पनि काेराेनाकाे महामारीकाे बेला सरककाे आलाेचना गर्नु भन्दा सरकारलाई विपक्षीले सहयाेग गर्नु पर्ने बेला हाे ।’
कांग्रेस विपक्षमा रहेकाे बेलामा कांग्रेसले काेराेना महामारीका बेलामा कम्युनिस्ट सरकारलाई सहयाेग पुग्ने गरि ५० लाख रूपैयाँ राज्य काेषमा जम्मा गरेकाे प्रवत्ता शर्माले स्मरण गराए । ‘विपत्तीकाे बेलामा सरकारले जनताकाे जिवनलाई केन्द्रमा राखेर कार्य गरेकाे छ वा छैन विपक्षीले हेर्ने त्याे हाे उनले भने – तर त्याे नहेरी एक सय दिन नपुग्दै विपक्षीले सरकार ढाल्ने कुरा गर्नु अलिक सुहाएन ।’
अविरल वर्षाका कारण विभिन्न खाेलामा आएकाे बाढीबाट गाैरीगंज गाउँपालिका वार्ड नं. १ र २ का विस्थापित परिवारहरूकाे स्थलगत निरीक्षण गरि फर्केका कांग्रेस पार्टीका केन्द्रीय प्रवत्ता शर्माले उनीहरूकाे साथै देशभर पहिराे र बाढीबाट पिडित परिवारका लागि गाँस र बाँसकाे लागि सरकारले तत्काल राहतकाे प्याकेज ल्याएकाे बताए ।
नेपालकाे पुर्वीभागमा भाैतिकरूपमा कम क्षति भए पनि पश्चिमी क्षेत्रमा बढी र मानविय क्षति पुर्वमा बढी भएकाे बताउदैँ प्रवत्ता शर्माले भने – ‘सरकारले बाढी र पहिराेबाट पिडित परिवारका लागि थप राहतकाे प्याकेज ल्याउने तयारीमा रहेकाे छ ।’ नेपाली कांग्रेसकाे केन्द्रीय सदस्य तथा केन्द्रीय प्रवत्ता विश्वप्रकाश शर्माकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रमकाे अध्यक्षता नेपाल प्रेस युनियनका माई पश्चिम क्षेत्रिय समितिका अध्यक्ष विष्णु सुब्बाले गरेका थिए भने कार्यक्रममा संघिय सांसद महेन्द्राकुुुुमारी लिम्बू , संविधानसभा सदस्य विश्वदिप लिङ्देन, महासमितहरू सुरेश सुब्बा, दिलबहादुर बुढाथाेकी, जिल्ला उपसभापति राम कट्टेल, सचिव प्रेम सम्बाहाम्फे,क्षेत्रिय सभापति ढुण्डीराज भण्डारी, दमक नगर सभापति प्रकाश प्रसाई, निवर्तमान नगर सभापति राेशन विष्टलगायतकाे उपस्थिति थियाे भने सञ्चालन र स्वागत युनियनका जिल्ला उपाध्यक्ष गिरीराज भट्टराईले गरेका थिए ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस