कांग्रेस झापाको राजनीतिमा फुलवती – आदिवासी जनजाती महिला समुहकी महाधिवेशन प्रतिनिधि उम्मेदवार

November 13, 2021 मा प्रकाशित

फुलवती राजवंशी झापाको दक्षिण पश्चिम भुगोलबाट कांग्रेस झापाको राजनीतिमा दर्बिलो र अर्थपूर्ण उपस्थिती जनाइरहेकी नेतृ हुन  ।
गौरीगञ्ज ६ साविक खजुरगाछी निवासी राजवंशीले २०७४ को स्थानीय निर्वाचनमा सो गाउँपालिकाको अध्यक्षमा राप्रपाका बाबुराजा श्रेष्ठसंग कडा प्रतिस्पर्धा गरेकी थिइन । उनले अध्यक्ष पदमा पाएको जनमतको यतिबेला कांग्रेस पार्टी भित्र अनुमोदन गराउनुपर्ने घडी आएको छ । सिंगो पार्टीको झापा जिल्ला नेतृत्वमा समेत रहेर पार्टीलाई निरन्तर कार्यकर्ता र जनतासंग जोडने अभियानमा उनको योगदानलाई कम आंकल्न मिल्दैन । पार्टीको १४ औं महाधिवेशनको सरगर्मी यतिबेला स्थानीय चुनाव वा अन्य दलहरुसंगको प्रतिस्पर्धी संसदीय चुनावमा जस्तै गरी बढेको छ । यसलाई कांग्रेसजन भित्रै पार्टी भित्रको आन्तरिक अधिवेशनमा चाहिने भन्दा बढी रस्साकस्सी भएको भनि टिप्पणी हुदै आएको छ । यसैका बीच कांग्रेसको १४ औं महाधिवेशनमा प्रतिनिधित्वका लागि राजवंशीले महाधिवेशन प्रतिनिधि चुनिने आकांक्षा राखेकी छिन । उनले यस क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चुनिनै पर्ने दुई जना आदिवासी जनजाती महिलाको समुहबाट उम्मेदवारी दिने निधो गरेकी छिन ।


पार्टीमा महिला कार्यकर्ताहरुको सक्रियता अधिवेशन र निर्वाचनहरुमा जस्तै बनाउन जिम्मेवारी प्रदान गर्नुपर्ने उनको धारणा छ । तत्कालिन झापा क्षेत्र नं ६ बाट महासमिति सदस्य भइसकेकी राजवंशी यसपटकको १४ औं महाधिवेशनमा क्षेत्र नं ५ बाट आदिवासी जनजाती महिला कोटामा महाधिवेशन प्रतिनिधिकी उम्मेदवार बनेकी हुन । संख्यात्मक रुपमा धेरै मतदाता अर्थात क्षेत्रीय प्रतिनिधिहरु दमकमा रहेपनि उनले सबैभन्दा तल्लो भुगोलमा रहेर आफनो राजनीतिक सक्रियतालाई बढाउन प्रतिस्पर्धामा उत्रिएकी छिन । उनका लागि यो चुनौतीपूर्ण अवसर पनि हो ।
को हुन फुलवती राजवंशी 
२०४६ सालमा जुरोपानीको प्रगति माविमा अध्ययनकै क्रममा नेविसंघको सदस्यता लिएर प्रजातान्त्रिक विचारमा आस्थावान हुन पुगेकी राजवंशी बिद्यार्थी राजनीतिबाटै कांग्रेसमा सक्रिय बनेकी हुन । बिद्यार्थी राजनीतिपछि उनी नेपाल महिला संघमा क्रियाशील भइन ।

२०६३ सालमा राजवंशी नेपाल महिला संघकी खजुरगाछी गाउँ सभापति भइन । पार्टीको ११ औं महाधिवेशनदेखि अधिवेशनमा प्रत्यक्ष रुपमा चुनिदै आएकी उनले पार्टीको जिल्ला तह तथा महासमितिमा समेत बसेर काम गरिसकेकी छिन । ११ औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि चुनिएकी उनी १२ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि निर्वाचित भइन । उनी सो कार्यकालमा पार्टीका जिल्ला सदस्य समेत रहेर काम गरिन । १३ औं महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि हुँदै महासमिति सदस्य निर्वाचित भएकी नेतृ राजवंशी कांग्रेस सम्बद्ध आदिवासी जनजाती संघको को जिल्ला सहसंयोजकका रुपमा दुई कार्यकाल बिताइसकेकी छिन ।
नेतृ राजवंशी २०६४ र २०७० मा भएको संविधान सभा निर्वाचनमा सो क्षेत्रबाट समानुपातिक तर्फ उम्मेदवार थिइन । पार्टीको तर्फबाट २०७४ सालको स्थानीय निर्वाचनमा गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा चुनाव लडेर राप्रपाका बाबुराजा श्रेष्ठलाई कडा टक्कर दिएकी राजवंशी विभिन्न सामाजिक संघ संस्थाको समेत नेतृत्वमा रहेर समाजमा न्याय र अधिकारका लागि सक्रियता जनाइरहेकी सक्रिय नेतृ हुन । १४ औं महाधिवेशनमा उनको उम्मेदवारीलाई निक्कै महत्व र चासोका साथ हेरिएको छ । जनअनुमोदित उम्मेदवारका रुपमा लिँदै उनलाई महाधिवेशन प्रतिनिधि चुन्नै पर्ने कार्यकर्ताहरुमा दबाब बढदो छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस