झापा जिल्ला कांग्रेसकाे सभापतिमा देउमान थेवे विजयी

November 28, 2021 मा प्रकाशित

गौरीगंज १२, मंसिर /  नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको जिल्ला अधिवेशनमा झापाको सभापतिमा देउमान थेवे निर्वाचित भएका छन्। उनले १ हजार ७ सय ६५ मत पाएका छन्।
उनका प्रतिस्पर्धि राम कट्टेलले १ हजार ५१५ मत पाएका छन्।
पदाधिकारीमा समेत थेवे प्यानल नै निर्वाचित भएको छ। मत परिणाम अनुसार उपसभापतिमा थेवे प्यानलका शेर बहादुर भट्टराई १ हजार ६७४, केशवराज पाण्डे १ हजार ८ सय ८९ मत पाएर निर्वाचित भएका छन्। यस्तै, सचिवमा नविन विमली १ हजार ८३८ र कृष्ण हुँमागाईले मत पाएर १ हजार ६७६ निर्वाचित भएका हुन्।
सहसचिवमा कमल भण्डारी १ हजार ७६० र कालेन्द्र राजवंशीले १ हजार ७६५ ले मत पाएर निर्वाचित भएका हुन्।
थेबे पार्टीका नेता कृष्णप्रसाद सिटौला निकट मानिन्छन् भने कट्टेल बिश्व प्रकाश शर्मा निकट मानिन्छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस