नेपाली कांग्रेस प्रदेश १ काे मतदान सकियाे, मत गणना केहिवेरमा शुरू हुने

December 4, 2021 मा प्रकाशित

विराटनगर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश नम्बर १ को नेतृत्व चयनका लागि मतदान आज शनिवार सम्पन्न भएको छ ।

निर्वाचन समितिका अनुसार मतगणना आज रातिदेखि सुरु गर्ने तयारी छ । आइतबार बिहानसम्ममा मत परिणाम पनि आउने सम्भावना छ । समितिका अनुसार कुल एक हजार ८०४ मतदातामध्ये एक हजार ७५२ मत खसेको छ ।

मतगणना कांग्रेसको जिल्ला पार्टी कार्यालय विराटनगरमा हुनेछ । मतपत्रमा तीन उमेदवारको नाम छुटेपछि मतदान सुरु हुन ढिलाइ भएको थियो । शनिबार बिहान ८ बजेदेखि गर्ने निर्वाचन तालिका रहेकोमा दिउँसो सवा २ बजे मात्र मतदान सुरु भएको थियो ।

निर्वाचन समितिका प्रमुख भरत थापाका अनुसार उमेदवारहरू श्याम खड्की, शान्तिकला तामाङ राई र जीवन नेपालीको नाम मतदाता सूचीमा छुटेको थियो । उनीहरूको नाम समावेश गरेर पुनः मतपत्र छाप्ने भन्ने तयारी भइरहँदा नेताहरूबीच सहमति जुटेपछि निर्वाचन प्रक्रिया अघि बढेको हो ।

सभापतिसहितका पदाधिकारी चयन गर्न एक हजार ७०० मतदाता प्रदेश राजधानी विराटनगर आएका थिए ।
चुनावमा संस्थापन र पौडेल–कोइराला समूहले प्यानल खडा गरेर भाग लिएका छन् । सभापति पदका लागि गुरुराज घिमिरे र उद्धव थापा, दुई उपसभापतिका लागि गोविन्द ढुंगाना, टंक राई, विश्नाथ रिजाल र रमेशजंग रायमाझी, दुई महामन्त्रीका लागि दिपेन श्रेष्ठ, भूपेन्द्र राई, उमेश थापा र पदमसुन्दर पालुङ्वा चुनावी मैदानमा छन् ।

यसैगरी, सहमहामन्त्रीतर्फ एक महिलामा प्रमिला गच्छदार र सीता कार्कीको उमेदवारी परेको छ ।
सहमहामन्त्री खुला दुईतर्फ खड्ग फागो, रोहितकुमार साह, विनोदकुमार बस्नेत, वीरकाजी राई र शुभचन्द्र राई चुनावी मैदानमा छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस