गाैरीगंज वार्ड नं. ५ द्वारा प्रगतिशील युवा क्लबलाई खेलकुद सामग्री प्रदान

March 1, 2022 मा प्रकाशित

गाैरीगंज १७, फागुन / गाैरीगंज गाउँपालिका  वार्ड नं. ५ स्थित प्रगतिशील नव युवा कल्बका खेलाडीलाई साेमबार खेलकुद सामग्री वितरण गरिएकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ५ वडा कार्यालयले प्रगतिशिल नव युवा क्लबलाई ५० हजार रूपैयाँ बराबरकाे फुटबल, जुत्ता, जर्सी, माेजालगायतका खेल सामग्री प्रदान गरेकाे हाे ।
वार्ड नं. ५ का वडा अध्यक्ष विजयप्रसाद सिंह गन्गाई, वडा सदस्य राजेन्द्र प्रसाद ताजपुरियाले संयुक्तरूपमा क्लवका अध्यक्ष अर्जुन बहादुर कार्कीलाई खेल सामग्रीहरू प्रदान गरेका थिए ।
वडा स्तरमा खेलाडीहरूलाई खेलकुदप्रति उत्साह र उमंगसहित खेलकाे गुणस्तर बढाउन प्राेत्साहन स्वरूप क्लबलाई खेलकुद सामग्री वडा कार्यालयले प्रदान गरेकाे वडा सदस्य राजेन्द्र ताजपुरियाले बताए । वडामा खेल गतिविधिलाई अगाडी बढाउन वडा कार्यालयले सकारात्मकरूपमा लिएकाे भन्दै वडा सदस्य ताजपुरियाले अागामी दिनहरूमा अझ खेलाडीहरू सशक्त रूपमा लाग्नु पर्ने आग्रह गरे । वडा अध्यक्ष विजय प्रसाद गन्गाईकाे सभापतित्वमा भएकाे कार्यक्रममा क्लबका अध्यक्ष अर्जुन बहादुर कार्कीलगायतले बाेलेका थिए । वडा सचिव सुमन रेग्मीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस