झापा क्षेत्र नं.५ मा कांग्रेसकाे संसदीय समिति गठन, वार्ड तहका उम्मेदवारलाई टुंगाे लगाउने

April 21, 2022 मा प्रकाशित

दमक/  नेपाली कांग्रेस झापा क्षेत्र नं ५ को संसदीय बोर्ड गठन भएको छ ।
पार्टी बिधान बमोजिम क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको संयोजकत्वमा आगामी स्थानीय निर्वाचनका उम्मेदवारहरुको चयनको सन्मुखमा क्षेत्रीय समितिको पदाधिकारी बैठकले गठन गरेको सो बोर्डमा पदेनसहित १५ जना रहेका छन ।
बोर्डमा प्रतिनिधि सभा सदस्य एवं पार्टी केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बु, र डा. खगेन्द्र पाण्डव अधिकारी, धर्मानन्द भट्टराई र मुकुन्द उप्रेती, रोशन गौतम , रवि केसी, जिवन राई रहेका छन । त्यसैगरी निर्मला बजगाइँ, डिल्ली चापागाइँ, जितु धिमाल, राजेन्द्र बस्नेत, गोपाल खनाल, दिपक गौतम र निर्मला रिमाल पनि संसदीय बोर्डमा मनोनित भएका छन । बोर्डले आगामी स्थानीय निर्वाचनमा वडा तहका उम्मेदवारहरुको टुंगो लगाउनेछ भने पालिका प्रमुख तथा उपप्रमुखका उम्मेदवारहरुको नाम माथिल्लो तहमा सिफारिस गर्ने अधिकार रहेको क्षेत्रीय सभापति भण्डारीले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस