गौरीगंज गापाका जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई कार्यक्रम

May 26, 2022 मा प्रकाशित


दमक/झापाको गौरीगञ्ज गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको स्वागत तथ साविकका जनप्रतिनिधिहरुको बिदाई कार्यक्रम (र बुधबार सम्पन्न भएको छ । साेहि अवसरमा निर्वाचन कार्यालय गाैरीगंजका अधिकृत भेषराज काेईरालाले नव निर्वाचित अध्यक्ष फूलवती राजवंशीलगायत उपाध्यक्ष पदमा निर्वाचित पुजन न्याैपानेलगायत नवनिर्वाचित वडा अध्यक्ष, सदस्यहरूलाई प्रमाण पत्र प्रदान गरेका थिए ।
गाउँपालिका कार्यालयको सभाकक्षमा कार्यालयले आयोजना गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपिन्द्र थापाले नवनिर्वाचित अध्यक्ष फूलवती राजवंशी र उपाध्यक्ष पूजन न्यौपाने कँुवरसहित निर्वाचित वडाध्यक्ष र सदस्यहरुहरुलाई स्वागत गरेका थिए भने मायाको चिनो आदनप्रदान समेत गरिएको थियो ।
सो अवसरमा गाउँपालिका अध्यक्षका प्रत्यासी विजयकुमार अग्रवाल, नेपाली कांग्रेसका गाउँसभापति अघ्नु प्रसाद राजवंशीसहित दलका नेता, कार्यकर्ता एवं गाउँपालिकाका कर्मचारीहरुले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।
गौरीगञ्ज गाउँपालिकाको वडा नं १ को वडाध्यक्षमा दोश्रो कार्यकालका लागि कार्तिकलाल राजवंशी, वडा नं २ को वडाध्यक्षमा किनालाल राजवंशी, ३ को वडाध्यक्षमा श्रवण गिरी, ४ को वडाध्यक्षमा फेका प्रसाद गिरी , ५ को वडाध्यक्षमा विजयप्रसाद सिंह र ६ को वडाध्यक्षमा बद्री नारायण यादव निर्वाचित भएका छन ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस