बजेट निर्माण अघि जनप्रतिनिधिहरूलाई तालिम, असार १० गते गाैरीगंजकाे गाउँसभा हुने

June 17, 2022 मा प्रकाशित


गाैरीगंज ३, असार / गाैरीगंज गाउँपालिकाकाे वजेट नीति तथा कार्यक्रम निर्माणमा सहयाेग पुग्ने उद्येश्यले यहाँ एक दिने अभिमुखिकरण तालिम दिईएकाे छ ।
गाैरीगंज गाउँपालिकाकाे सभाहलमा भएकाे कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरूकाे सहभागिता थियाे ।
गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गाउँपालिकाकाे पुर्व उपाध्यक्ष दिपिन्द्र थापाले सहजिकरण गरेका थिए । कार्यक्रममा सहजकर्ता थापाले सरकारी नीति, वजेटकाे प्राथमिकिकरण, छनाैट प्रक्रिया, विषयगत समितिकाे गठन, काम, कर्तव्य र अधिकार क्षेत्र, स्थानिय सरकार सञ्चालन ऐन २०७४ सम्बन्धि सहभागीहरूलाई बताएका थिए ।
अार्थिक विकास, सामाजिक, भाैतिक पुर्वाधार, विपत्त तथा वातावरण, वितिय तथा अनुशासन समितिकाे काम, कर्तव्य र अधिकारका बारेमा सहजकर्ता थापाले बताएका थिए ।
लुथरन वर्ल्ड फेडेरेशन नेपालको आर्थिक सहयोग र गौरीगंज गाउँपालिकाको सहकार्यमा न्याय तथा विकासका लागी सामाजिक सन्जालले गापाका नव निर्वाचित जनप्रतिनिधीहरुलाइ योजना तर्जुमा सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रममा लुथरन नेपालका प्रतिनिधि कुमार चुडाल, प्रशासकिय अधिकृत कृष्ण वहादुर कार्कीलगायत नव निर्वाचित जनप्रतिनिधिहरूकाे सहभागिता थियाे ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस