निर्माण भएकाे केहीदिनमै गाैरीगंजकाे कालाेपत्रे सडक चर्कियाे

June 23, 2022 मा प्रकाशित

गाैरीगंज ९, असार / बजेट सक्न हतारमा गरिएको कालोपत्रे निर्माण भएकाे केहीदिनमै चर्किएकाे र उप्किएको छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं.२ बाघाचाैधरी विस्फाेट चाैक उत्तरकाे बाटाेमा गरिएकाे कालाेपत्रे उप्किएकाे हाे ।
विराट कालीमाई कन्ट्रक्सनले करिब २६ लाख ७४ हजारमा ठेक्का लिएकाे कालाेपत्रेकाे ल्याव टेष्ट गर्ने क्रममा पिच कमसल निर्माण भएकाे पत्ता लागेकाे हाे ।
प्रदेश सरकारकाे वजेटबाट निर्माण भएकाे २ सय मिटर बाटाे कालाेपत्रे उप्किएकाे र चर्किएकाे छ ।
आर्थिक वर्ष ०७८र ७९ को अन्त्यमा बजेट सक्न गुणस्तरहीन काम भएको हो । केही दिन अघि मात्र निर्माण कार्य सकाएकाे निर्माण कम्पनीले वजेट निकासाका लागि गाउँपालिकाकाे ईन्जिनियरसहितकाे टाेलीले ल्याव टेष्ट गराउदाँ कालाेपत्रे गुणस्तरीयहिन भएकाे स्थानिय वासिन्दाहरूले बताए ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस