गाैरीगंजकाे ११औंं गाउँसभामार्फत निती, वजेट तथा कार्यक्रम पारित, बजेटमा उच्च शिक्षामा छात्रवृत्तिदेखि कृषकलाई अनुदान

July 14, 2022 मा प्रकाशित

गाैरीगंज ३० , असार / गाउँपालिकाले ‘ कृषि, स्वास्थ, शिक्षा, उद्योग र आर्थिक विकासमा उन्नति, दीगाे विकाससहित गाैरीगंजकाे समुन्नति’ लक्ष्यसाथ ११ अाैं गाउँसभा मार्फत ४७ कराेड २८ लाख ८९ हजार ३ सय ७० रूपैयाँकाे बजेट पारित भएकाे छ ।

गाैरीगंज गाउँपालिकाकाे आर्थिक वर्ष २०७९/८० काे वजेट, नीति तथा कार्यक्रम असार १० गते गाउँसभामा पेश भएकाे थियाे ।
गाउँपालिकाकाे सभाहलमा मंगलवार सम्पन्न एघाराैं गाउँसाभामा गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले आर्थिक वर्ष २०७९/८० काे बजेट, नीति तथा कार्यक्रम पारित भएकाे घाेषणा गरेकी थिईन । उनले सुकुम्बासी तथा अव्यवस्थित नागरिकलाई जग्गाधनी प्रमाण पुर्जा, कक्षा ११ र १२ का लागि नि:शुल्क शिक्षा, उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति, छेारीकाे नाममा बाल खाता वचत कार्यक्रम, अस्पतालमा भिडियाे एक्सरे सञ्चालन, न्यायिक सेवालाई व्यवस्थित गर्न ईजलास कक्ष निर्माण र व्यवस्थापनर,खानेपानी पाईप विस्तार, विपन्न परिवारलाई ट्युवेल अनुदान, सार्वजनिक स्थानहरूमा शाैचालय निर्माणलगायतका कार्यक्रमहरू गाउँसभा मार्फत पारित भएकाे गाउँपालिका प्रवक्ता बद्री नारायण यादवले जानकारी दिएका छन् ।

कक्षा ११ र १२ लाई नि:शुल्कमा शिक्षा, उच्च शिक्षा छात्रवृत्तिका लागि ५० लाख बजेट

गाउँपालिकाले माध्यमिक तह ११र १२ अध्ययनरत विद्यार्थीलाई निःशुल्क शिक्षाकाे व्यवस्थाका लागि ४० लाख वजेट विनियाेजन गरेकाे छ भने उच्च शिक्षा छात्रवृत्तिका लागि ५० लाख रूपैयाँ वजेट विनियाेजन गरेकाे छ । गाैरीगंज माविलाई नमुना विद्यालय विकास कार्यक्रम, स्थानिय विषय पाठ्यक्रम निर्माण, स्वयंसेवक शिक्षक अनुदान, शिक्षककाे क्षमता विकास, विद्यालय कर्मचारी प्राेत्साहन कार्यक्रम, स्काउट व्यवस्थापनलगायत पालिकासंग विद्यार्थी कार्यक्रम ( अध्यक्ष उपाध्यक्षसंग विद्यार्थी – अभिभावक कार्यक्रम ) जस्ता लाेकप्रिय कार्यक्रमहरू वजेट नीति तथा कार्यक्रममा समावेस भएकाे छ । गाउँपालिकाले शिक्षातर्फ २ कराेड रूपैयाँ वजेट विनियाेजन गरेकाे छ ।

गाैरीगंज अस्पतालमा भिडियाे एक्सरे सञ्चालन

गाउँपालिकाद्वारा सञ्चालित प्रसुति केन्द्रमा सुत्केरी हुन नसकी अन्यत्र रेफर गर्नु पर्ने अवस्था भएका जटिल प्रकृतिका गर्भवती तथा सुत्केरीहरूलाई नजिककाे अस्पतालसम्म पुर्याउन नि:शुल्क एम्बुलेन्स सेवा उपलब्धि गराउने छ ।
गाउँपालिकाकाले गाउँपालिका वासीलाई सर्पले टाेकी बाहिर उपचार गर्न लानु पर्ने अवस्था रहेमा उपचारमा लाग्ने सम्पुर्ण खर्चकाे व्यवस्था गाउँपालिकाले गर्नेछ भने सर्पदंस उपचार सेवाकाे लागि ३ लाख रूपैयाँ वजेट विनियाेजन गरेकाे छ । छाेरीलाई पनि अार्थिक रूपमा सक्षम बनाउनु पर्छ भन्ने उदेश्यसहित वैंक तथा वितीय संस्थामा बाल बचत खाता खाेली गाउँपालिकाकाे तर्फबाट अनुदानकाे व्यवस्था मिलाउने छ । गाउँपालिकाले स्वास्थ्य क्षेत्रका लागि १ कराेड १० लाख रूपैयाँ वजेट विनियाेजन गरेकाे छ । गाैरीगंज अस्पतालमा भिडियाे एक्सरे सञ्चालन, महिला स्वंयसेविका प्राेत्साहन कार्यक्रम, प्रसुती हाेम भिजिट कार्यक्रम निरन्तरतालगायतका नीति तथा कार्यक्रमका लागि वजेट विनियाेज गरेकाे छ ।

माटाे जाँच शिविरसंगै रैथाने वाली प्रवद्वन कार्यक्रम

गाैरीगंज गाउँपालिकाले कृषि क्षेत्रलाई लक्ष्य बनाएर ७५ लाख रूपैयाँ ( वार्डकाे बाहेक) बजेट विनियाेजन गरेकाे छ । त्यसका लागि गाउँपालिकाले रैथाने वाली प्रवद्वन ( कृषक समूह) का लागि ३ लाख ६० हजार, हरियाे मलका लागि काेसेवालीका बीउ वितरण ( ढैचा र मुङ) का लागि ३ लाख, गाेठे मल सुधारका लागि भकाराे पिठ निर्माणका लागि ७ लाख ५० हजार, कृषि आैजार उपकरण वितरण कार्यक्रम अन्तर्गत पावर टिलर ५० प्रतिशत अनुदानमा १ लाख ५० हजार सम्म अनुदानका लागि १० लाख ३५ हजार, मकै छाेड्याउने मेसिन ७५ प्रतिशत अनुदानका लागि ३ लाख ५१ हजार, विपन्न वर्गका लागि कृषकहरूलाई साना सिंचाईका लागि ६० प्रतिशत अनुदानमा माेटर वितरणलगायत प्रस्तावना तथा मागका अाधारमा आधारित कार्यक्रमका लागि ( कृषि समूह, कृषि फर्म) ७ लाख रूपैयाँ बजेट विनियाेजन गरेकाे छ । त्यसैगरी गाउँपालिकाले पावर स्प्रे ट्यांकी अनुदान, कृषि चुन अनुदान, झाेलासहित च्याउ कीट अनुदानलगायत तराई सिंचित कृषि प्रर्वद्वन परियाेजनाका लागि वजेट विनियाेजन गरेकाे छ ।

बहु वर्षे घाँस खेति विस्तार, मखन निकाल्ने मदानि अनुदान, व्यवसायिक बाख्रा पालनका लागि गाेठ सुधार कार्यक्रम, माछा पाेखरी निर्माण, पशु स्वास्थ तालिम, साना बंगुर सुँगुर खाेर सुधार, कुखुरा पालनका लागि गाेठ सुधार, माेटरसहितकाे च्यापकटर अनुदानलगायत विभिन्न पशु सम्बन्धि कार्यक्रमका लागि ३५ लाख रूपैयाँ वजेट गाउँपालिकाले विनियाेजन गरेकाे छ ।

एक सहकारी एक उत्पादन अभियान सञ्चालन गरि साझेदारीकाे रूपमा सहकारीलाई उत्साहित गर्दै कृषि तथा अन्य कार्यक्रमहरू सञ्चालन गर्ने छ ।
साथै गाउँपालिकाकाे गत अार्थिक वर्ष २०७८/७९ मा सार्वजनिक गरेकाे धेरै नीति तथा कार्यक्रमहरूलाई प्राथमिकताकाे अाधारमा निरन्तरता दिएकाे छ । एक घर एक दुधालु गाई, दीर्घ राेगी नागरिकलाई उपचार खर्च उपलब्ध गराउने, दुःखकाे साथी, भराेसा राखाैं गाउँपालिका माथिलगायतका कार्यक्रमहरूलाई निरन्तरता दिईएकाे छ ।
गाउँपालिकाकी उपाध्यक्ष पुजन न्याैपाने कुंवरले अार्थिक वर्ष २०७९/८० काे वजेट प्रस्तुत गरेकी थिईन । उपाध्यक्ष कुंवरले गाउँपालिकाकाे अार्थिक वर्ष २०७९/८० काे लागि ४७ कराेड २८लाख ८९ हजार ३ सय ७० रूपैयाँ अनुमानित वजेट प्रस्तुत गरेकी थिईन्। गाउँसभामा आागामी अार्थिक वर्षकाे अाय -व्ययकाे अनुमान विवरण प्रस्तुत गरेकी हुन् ।
उनले चालू व्यय तर्फ २५ कराेड ८६ लाख २३ हजार, पुजीँगत तर्फ २१ कराेड ४२ लाख ६६ हजार ३ सय ७० रूपैयाँ प्रस्तुत गरेकी थिईन । अाय तर्फ नेपाल सरकार समानिकरण अनुदान १३ कराेड ३६ लाख, सशर्त अनुदान १८ कराेड ९३ लाख, राजस्व बाँडफाँड संघिय सरकार ९ कराेड ६२ लाख ३२ हजार, प्रदेश सरकार समानीकरण अनुदान ७२ लाख २४ हजार, सशर्त अनुदान २६ लाख २३ हजार, राजस्व बाँडफाँड प्रदेश सरकार ९२ लाख १० हजार ३ सय ७९ हजार रूपैयाँ र अल्या आन्तरिक श्राेत रू २ कराेड ७ लाख रहेकाे उपाध्यक्ष न्याैपानेले सार्वजनिक गरेकी थिईन ।

सभालाई सम्बाेधन गर्दै उपाध्यक्ष न्याैपानेले अार्थिक वर्ष २०७९/८० का लागि गाैरीगंज गाउँपालिकाकाे प्रशासनिक तथा कार्यालय सञ्चालन तर्फ ७ कराेड, पुँजीगत तर्फ २ कराेड २५ लाख, कृषिमा ७५ लाख, पशुसेवामा ३५ लाख, पर्यटनमा २ लाख, सहकारीमा ३ लाख, शिक्षामा २ कराेड, स्वास्थ्यमा १ कराेड १० लाख, युवा तथा खेलकुदमा १५ लाख, पुर्ण सरसफाईमा ३ लाख, शहरी विकासमा २० लाख, सडक र पुल निर्माण २ कराेड १५ लाख, भवन निर्माणमा २५ लाख, विद्युतमा ५१ लाख रूपैयाँ वजेट विनियाेजन भएकाे सार्वजनिक गरेकी थिईन ।
खादा ओढाएर नगदसहित उत्कृृृष्ट कर्मचारीलाई सम्मान
गौरीगंंज गाउँपालिकाले वर्षको उत्कृष्ट कर्मचारीको रुपमा शाखा अधिकृत बिरेन्द्र खड्कालाई सम्मान गरेको छ । एघारौं गाउँसभा को अबसरमा खड्कालाई नगद रु १५ हजार सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । बर्ष दिनको कार्य सम्पादन को आधारमा उनलाई बर्षको उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको हाे ।

त्यसैगरी कार्यक्रममा लामो समयसम्म स्वास्थ्य क्षेत्रमा सेवा प्रदान गरि अबकास हुनु भएका महेश्वर कार्की र कमला कार्की लाई दोसल्ला ओढाएर सम्मान पत्र सहित बिदाई गरिएको छ भने लामो समयदेखि कर्मचारीका रुपमा सेवारत रहि अबकास प्राप्त गर्नुभएका राजन घिमिरे लाई पनि सम्मान पत्र सहित दोसल्ला ओढाएर बिदाई गरिएको छ । त्यसैगरी लामो समयदेखि स्वास्थ्य स्वयं सेविका का रुपमा सेवारत रहि अबकास प्राप्त गर्नुभएका अहिल्या दास र पवित्रा अर्जेल लाई जनहि नगद रु ५० हजार सहित दोसल्ला ओढाएर सम्मान पत्र सहित बिदाई गरिएको छ ।
उत्कृष्ट कर्मचारी तथा बिदाई हुने कर्मचारी हरुलाई गाउँपालिका अध्यक्ष फुलबती राजवँशी, उपाध्यक्ष पुजन न्यौपाने कुँवर तथा प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर कार्की ले सम्मान पत्र, मायाको चिनो, तथा दाेसल्ला ओढाएर सम्मान तथा विदाई गरेको थियाे ।
गाउँपालिकाले गाउँसभा मार्फत विभिन्न समितिहरू पनि निर्माण गरेकाे छ ।
अर्थ तथा सार्वजनिक लेखा समिति, विधायन समिति, समाजिक समिति, सुशासन तथा स्थानिय सेवा समिति, कृषि, पर्यटन, पूर्वाधार तथा प्राकृतिक स्राेत समिति, न्यायिक समितिहरू निर्माण भई गाउँसभामा पारित भएकाे छ । अर्थ तथा सार्वजनिक लेखा समितिमा कार्तिकलाल राजवंशी, श्रवण गिरी, सुशील राई, राजभत्त सुनुवार, रेखा कुमारी राजवंशी रहेका छन् । त्यसैगरी विधायन समितिमा विजय प्रसाद सिंह, नेत्र बहादुर राजवंशी, लाेकेन्द्र सिंह ताजपुरिया, मीनादेवी पासवान, माे. अासामुदिन मियाँ, सामाजिक समितिमा फेका गिरी, अघनु प्रसाद राजवंशी, नितेष साह, रेखा राजवंशी, सुशासन तथा स्थानिय सेवा समितिमा किनालाल राजवंशी, सन्तलाल ताजपुरिया, रिंकुदेवी राम, कमलादेवी अधिकारी, निरा ऋषिदेव, कृषि, पर्यटन, पूर्वाधार तथा प्राकृतिक स्राेत समितिमा बद्री नारायण यादव, देवनारायण सिंह गन्गाई, दिनेश प्रसाद गन्गाई, दुर्गा परियार, कृष्ण महताे न्यायिक समितिमा पुजन कुंवर, गंगा प्रसाद राजवंशी र राधा अधिकारी रहेकाे गाउँपालिका प्रवक्ता बद्री नारायण यादवले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस