गाैरीगंज गाउँपालिकाकाे आ.व. २०७९/०८०काे वजेट सार्वजनिक, सबै भन्दा बढी बजेट सामाजिक विकास तर्फ

July 20, 2022 मा प्रकाशित


गाैरीगंज ४, साउन / गाैरीगंज गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० काे लागि कुल ४९ कराेड २ लाख ४७ हजार ९ सय ९५ रूपैयाँ वजेट विनियाेजन गरेकाे छ ।
गाउँपालिकाका प्रवत्ता बद्री नारायण यादवले उत्त वजेटकाे विवरण आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन् । गाैरीगंज गाउँपालिकाकाे ११ औ गाउँसभा मार्फत उत्त वजेट पारित गरिएकाे हाे ।
गाउँपालिकाका अध्यक्ष फुलवती राजवंशी, उपाध्यक्ष पुजन न्याैपाने, प्रमुख प्रशासकिय अधिकृत कृष्ण कार्कीलगायत वार्ड अध्यक्षहरू कार्तिक लाल राजवंशी, किनालाल राजवंशी, श्रवण गिरी, विजयसिंह गन्गाई, फेका गिरी, कार्यपालिका सदस्यहरू अघ्नुप्रसाद राजवंशी, राधा अधिकारी, रमकुमारी विक, सन्तलाल ताजपुरिया, रिता तामाङलगायतकाे उपस्थिति थियाे । गाउँपालिकाले कुल वजेटकाे ६५.६४ प्रतिशत चालू खर्च र ३४.३६ प्रतिशत पुजीँगत खर्च गर्न गरि वजेट विनियाेजन गरिएकाे प्रमुख प्रशासकिय अधिकृत कृष्ण कार्कीले जानकारी गराएका थिए ।
उनले कुल वजेटकाे सबै भन्दा बढी वजेट सामाजिक विकास तर्फ ४२.२० प्रतिशत वजेट छुट्टयाएकाे बताए । सामाजिक विकास तर्फ स्वास्थ्य, शिक्षा, सरसफाई, लैङ्गिक समानता पर्दछ । त्यसैगरी पूर्वाधार विकास तर्फ २५. ८२ प्रतिशत, अार्थिक विकास तर्फ ७.५५ प्रतिशत, कार्यालय सञ्चालन तथा व्यवस्थापन तर्फ १९.७१ प्रतिशत, सुशासन तर्फ ४.७२ प्रतिशत अाधार मानेर वजेट विनियाेजन गरिएकाे प्रमुख प्रशासकिय अधिकृत कार्कीले जानकारी दिएका थिए ।
गाउँपालिकाले गाैरीगंज गाउँपालिकाले वार्ड नं. २ मा निर्वाधिण कछुवा संरक्षण सिमसार क्षेत्रलाई निरन्तरता दिदै थप व्यवस्थापन गर्ने, भुमिहिन, दलित तथा अव्यवस्थित सुकुम्बासीलाई जग्गा धनी पुर्जा प्रमाण पत्र दिलाउने कार्यलाई अघि बढाउने, ११ र १२ कक्षामा अध्ययनरत सामुदायिक विद्यालयका विद्यार्थीलाई निशुल्क शिक्षा प्रदान गर्नेे, प्राथमिक स्वास्थ्य केन्द्रकाे सेवालाई प्रभावकारी बनाउने, गर्भवती महिलालाई नजिककाे सेवा केन्द्रसम्मकाे लागि निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने, दुःखकाे साथी भराेसा राखाैं गाउँपालिकामाथि कार्यक्रमलाई निरन्तरता दिने, छाेरी जन्मदा उनकाे नाममा बाल वचत खाता खाेल्ने, सर्पदंशकाे सम्पुर्ण खर्च गाउँपालिकाले ब्यहाेर्ने, ५ लाख रूपैयाँसम्मकाे रकमकाे याेजना वार्ड कार्यालयमै सम्झाैता गर्ने, प्रत्येक बर्ष उत्कृष्ट कर्मचारीलाई प्रत्साहन स्वरूप पुरस्कृत गर्ने,स्थानिय भाषा, कला, संस्कृतिलाई संरक्षण गर्नेलगायतका याेजनाहरू प्राथमिकतामा राखेर अघि बढ्ने गाउँपालिकाका प्रवत्ता बद्री नारायण यादवले जानकारी गराए ।

त्यसैगरी गाउँसभा मार्फत प्रत्येक वार्डलाई सिलिङ्ग बजेट निम्न अनुसारकाे पारित गरेकाे छ ।
वार्ड नं. १ लाई ४५ लाख, वार्ड नं. २ लाई ४० लाख, वार्ड नं. ३ लाई ४० लाख, वार्ड नं. ४ लाई ४० लाख, वार्ड नं. ५ लाई ४० लाख र वार्ड नं. ६ लाई ४० लाख रूपैयाँ वजेट विनियाेजन गरेकाे छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस