गाैरीगंजकाे प्रमुख प्रशासकिय अधिकृत कार्कीकाे विदाई तथा खतिवडाकाे सम्मान

August 10, 2022 मा प्रकाशित

गाैरीगंज २५, साउन / गाैरीगंज गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण बहादुर कार्कीलाई आज बुधबार विदाई गरिएकाे छ ।
विगत करिब ५ महिना देखि गाैरीगंज गाउँपालिकामा कार्यभार सम्हालेका प्रमुख प्रशासकिय अधिकृत कार्कीकाे ईलाम जिल्ला समन्वय समितिमा सरूवा भएपछि उनलाई विदाई गरिएकाे हाे ।
गाैरीगंज गाउँपालिकाकाे सभाहलमा एक कार्यक्रमकाे आयाेजना गरि खादा ओढाएर उपहारसहित विदाई गरिएकाे थियाे । प्रमुख प्रशासकिय अधिकृत कार्कीकाे स्थानमा सरूवा भई आएका मणिराम खतिवडाले प्रमुख प्रशासकिय अधिकृतकाे कार्यभार सम्हालेका छन् ।
साेही कार्यक्रममा खतिवडालाई स्वागत गरिएकाे थियाे ।
गाैरीगंज गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीकाे सभापतित्वमा भएकाे विदाई तथा स्वागत कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष पुजन न्याैपाने कुंवरसहित जनप्रतिनिधि तथा कर्मचारीहरूले स्वागत तथा विदाई गरेका थिए ।
त्यस अवसरमा गाउँपालिकाकि अध्यक्ष फूलवती राजवंशी, उपाध्यक्ष पुजन न्याैपाने कुंवर, वार्ड नं. ६ का वार्ड अध्यक्ष तथा गाउँपालिकाकाे प्रवक्ता बद्रीनारायण यादव, याेजना शाखा प्रमुख नारायण प्रसाद चंदरा, कार्यपालिका सदस्य राधा अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा १ नं वडा अध्यक्ष कार्तिकलाल राजवंशी, २ नं का अध्यक्ष किनालाल राजवंशी, ३ नं. का अध्यक्ष श्रवण गिरी, ४ नं. अध्यक्ष फेका गिरी, ५ का अध्यक्ष विजय प्रसाद सिंह गन्गाई, ६ का अध्यक्ष बद्री नारायण यादव, कार्यपालिका सदस्य अघ्नुप्रसाद राजवंशी, राधा अधिकारी, रमकुमारी विक, रेखा राजवंशी, रिन्कुदेवी रामलगायत वडा सदस्यहरू, शाखा कार्यालयका प्रमुखहरूकाे सहभागीता थियाे । कार्यक्रम सञ्चालन प्रशासन शाखा अधिकृत विरेन्द्र खड्काले गरेका थिए ।



Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस