झापा क्षेत्र नम्बर १ बाट विश्वप्रकाश शर्मा निर्वाचन लड्ने घाेषणा

August 17, 2022 मा प्रकाशित

काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृह जिल्ला झापाबाट नै निर्वाचन लड्ने घोषणा गर्नुभएको छ ।

शर्माले आज बुधबार ट्वीट गर्दै काठमाडौं क्षेत्र नम्बर ५ बाट नभई झापा क्षेत्र नम्बर १ बाट आफू निर्वाचनमा उम्मेद्वार बन्ने बताउनु भएको हो ।

उहाँले ट्वीटरमा लेख्नुभएको छ, ‘फेरि प्रस्ट्याऊँ । वाग्मतीको किनारलाई श्रद्धापुर्वक ढोग्ने हो । तर मान्छे म मेची र निन्दा किनारकै हो । काठमाडौ ५ मा चुनाव प्रचारमा पुग्नेछुनै तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मान साथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु । प्रेम उता घरजम यता कुरै हुन्न ।’

शर्मा २०७४ सालको निर्वाचनमा झापा क्षेत्र नम्बर १ मा नेकपा (माओवादी केन्द्र) का राम कार्कीसँग पराजित हुनु भएको थियो । कार्कीले ३६ हजार एक सय ७३ मत ल्याउनु भएको थियो भने शर्माले ३३ हजार तीन सय १० मत मात्रै पाउनु भएको थियो ।

त्यसबेला नेकपा (एमाले) र माओवादी केन्द्र मिलेर बाम गठबन्धन गरेर चुनाव लडेका थिए । ( ईमेेेज खबरबाट साभार)

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस