एक महिना नबित्दै फेरी एमाले अध्यक्ष ओली आफ्नो निर्वाचन क्षेत्र आउने

August 17, 2022 मा प्रकाशित

Advertisement

दमक/  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली   साउनको दोस्रो साता चारदिन झापा बसेर फर्कनु भएका अध्यक्ष ओली एक महिना नबित्दै फेरी आफनो निर्वाचन क्षेत्र झापा ५ मा आउने कार्यक्रम सार्वजनिक भएको छ । निर्वाचन मिति घोषणा हुनु अघि साउनको पहिलो साता झापा आएका ओली भोली विहान  पुनः आउने कार्यक्रम सार्वजनिक भएको हो ।

 झापाको बनियानीमा आयोजना हुने कार्यकर्ता भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन ।  एमाले प्रदेश कमिटी सदस्य एवं प्रदेशसभा सदस्य बसन्त बाँनियाका अनुसार ओली आफ्नो निर्वाचन क्षेत्र दमकमा आएर बस्नेछन ।   ३ गते अध्यक्ष ओलीले क्षेत्र नं ५  मा पार्टी निकटका उद्योगी व्यवसायीहरु, जिफन्ट अन्तर्गतको इरिक्सा मजदुरहरु लगायतको अलग अलग भेलालाई सम्बोधन गर्नेछन । निर्वाचन मिति नजिकिँदै गर्दा ओलीले आफनो क्षेत्रमा दौडधुप बढाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।  ३ गते नै गौरादहमा पनि विभिन्न क्षेत्र र वर्गका व्यक्ति र समुहसँग अध्यक्ष ओलीले अन्तरक्रिया ,  दमकमै  बस्ने कार्यक्रम रहेको  सचिवालयले जनाएको छ ।

भदौ ४ गते विर्तामोडमा आयोजना गरिएको अखिल नेपाल महिला संघ झापाको जिल्ला अधिवेशनको उद्घाटन र इन्जिनियरिङ एशोसिएसनको कार्यक्रमलाई सम्बोधन गरेर अधयक्ष ओली काठमाडौ फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस