पत्रकार महासंघ झापाका सदस्य खरेललाई पितृशोक

August 20, 2022 मा प्रकाशित

झापा ४, भदौ /पत्रकार महासंघ झापाका सदस्य तथा पूर्वाञ्चल दैनिकका स्तम्भकार तथा पत्रकार तीर्थराज खरेललाई पितृशोक परेको छ ।
खरेलका बुबा कनकाई नगरपालिका–४ निवासी ईश्वरीप्रसाद खरेलको ८२ बर्षको उमेरमा शुक्रवार बिहान निवासमै निधन भएको हो । लामो समयदेखि दम रोगबाट पीडित खरेललाई यसअघि बिर्तामोडस्थित पूर्णटुंग बिर्तासिटी हस्पिटल हुँदै विराट नर्सिङ होममा राखिएको थियो । विहीवार राति अवेर घर ल्याइपु¥याएका खरेलको शुक्रवार विहान निधन भएको बताइएको छ । १९९७ साल कात्तिक २० गते खरेलको जन्म भएको थियो । उनी सफल कृषकका रुपमा परिचित थिए ।
खरेलकी श्रीमती राधिकासहित तीन छोराबुहारीहरु तीर्थराज–संगीता, ईन्द्रप्रसाद–विष्णुमाया, भूमिप्रसाद–दुर्गा खरेल रहेका छन् । एक छोरी उषा (हुमा अधिकारी) र ज्वाइँ किरण अधिकारीसहित खरेलका चार नाति र तीन नातिनी रहेका छन् । खरेलका जेठा छोरा तीर्थराज पत्रकारसँगै कनकाई माध्यमिक विद्यालय सुरुङ्गाका सहायक प्रधानाध्यापक हुन् भने युनिक बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष तथा कनकाई सुरुङ्गा प्रेस क्लबका संस्थापक अध्यक्ष समेत रहेका छन् । उनी विभिन्न सहकारी संस्थामा आवद्ध छन् । खरेलका माइँला छोराबुहारी बेलायतमा रहेका छन् । कान्छा छोरा भूमिप्रसाद डावर प्राइभेट लिमिटेडका विक्री प्रतिनिधिका रुपमा कार्यरत छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस