प्रदेश सभा सदस्यमा कांंग्रेस क्षेत्रिय सभापति ढुण्डीराज भण्डारीकाे दावेदारी

August 20, 2022 मा प्रकाशित

गाैरीगंज ४, भदाैं /
४ मसिंरमा हुने प्रदेश सभा सदस्यको निर्वाचनमा झापाको क्षेत्र नं ५ अन्तर्गतको क्षेत्र ‘ख’मा कांग्रेसका युवा नेता ढुण्डीराज भण्डारीले आफनो बलियो दाबेदारी प्रस्तुत गरेका छन ।
प्रदेश सभा सदस्यका लागि नेकपा एमालेसंग बलियो प्रतिस्पर्धा गरेर कांग्रेस माओवादीसहितको पाँच दलीय गठबन्धनको जित सुनिश्चित गर्न आफूले उम्मेदवारी दाबी पेश गरेको नेता भण्डारीको भनाई छ ।
कांग्रेस झापा क्षेत्र नं ५ का क्षेत्रीय सभापति समेत रहेका भण्डारीलाई जुझारु र सशक्त युवा नेताका रुपमा लिइन्छ ।
बोली र ब्यवहारमा एकरुपतानै असल नेताको विशेषता भएको बताउने भण्डारी आफू कांग्रेसको एक इमान्दार सिपाहीं भएकाले पार्टीले दिएको जस्तोसुकै जिम्मेवारी पनि पूरा गर्ने दृढता व्यक्त गर्छन ।
बिकाउ होइन टिकाउ कांग्रेस बनाउँछु भन्ने नारा लिएर पछिल्लो पटक पार्टीको क्षेत्रीय सभापतिमा लोकप्रिय मत प्राप्त गरेका भण्डारी कांग्रेस भित्रका सबै गुट उपगुटहरुको अन्त्य हुन आवश्यक भएको बताउँछन । कांग्रेसको सम्पूर्ण शक्ति एक ठाउँमा उभिने वातावरण बनेको अवस्थामा कांग्रेसले झापा क्षेत्र नं ५ मा सुखद परिणाम निकाल्न कुनै साइत कुर्नु नपर्ने उनको बुझाई छ ।

म होइन हामी भन्ने भावना नेतामा हुनुपर्ने भण्डारी बताउँछन । आसन्न निर्वाचनमा आफनो क्षेत्रमा गठबन्धन दलको जित हुने संकेतहरु प्रशस्तै देखिएका बताउँदै उनले आफू समेत प्रदेश सभा सदस्यको उम्मेदवारका लागि तयार रहेको बताएका छन ।  निष्कर्ष न्यूजसंगको कुराकानीमा भण्डारीले भने – सबैको साथ, सहयोग र सहकार्यबाटनै हामी यहाँ चुनाव जित्छौं त्यो संकेत स्थानीय चुनावको परिणामले पनि देखाइसकेको छ ।

यस्तो छ भण्डारीको नालीबेली

२०२७ साल मंसिर २९ गते भोजपुरको माङ्दीन जरायोटारमा बुवा गीतानाथ भण्डारी र आमा कमला तथा सीता भण्डारीका ५ छोरा र २ छोरी मध्येका जेठो छोरा ढुण्डिराज भण्डारी झापामा सामाजीक, राजनीतिक रुपमा स्थापित नाम हो ।
२०२८ सालमानै परिवार सहित झापाको दमक बसाई सरेर आएका उनको प्रारम्भिक शिक्षा दमकस्थित सरस्वति माविबाट शुरु भयो ।
२०४६ सालमा एसएलसी उत्तिर्ण गरेका उनले त्यस पछिको अध्ययन भने उनले दमक बहुमुखी क्याम्पसबाट गरे । स्कुले जीवन देखिनै पञ्चायती व्यवस्था बिरुद्धको आन्दोलनमा लागेका उनी क्याम्पस प्रारम्भसँगै नेविसंघमा आवद्ध भए ।
२०४७ सालमा नेविसंघको ईकाई सचिव हुँदै राजनीति शुरु गरेका उनले नेविसंघको दमक नगरसभापति, २ कार्यकाल जिल्ला सदस्य भएर काम गरे । यस्तै उनी २०५० सालमा भने तत्कालिन दमक–१३ को नेपाली कांग्रेसको वडा समिति सदस्य, कार्यवाहक सभापति हुँदै राजनीतिमा क्रियाशिल रहे ।

२०५४ सालको स्थानीय निकायको निर्वाचमा वडा सदस्यको उम्मेद्वार समेत रहेका उनले राजनीतिसँगै सामाजिक कार्यमा पनि आफुलाई संलग्न गराउँदै आएका छन् । पार्टीको १२ औं महाधिवेशनपछि दमक नगर सभापति भएका उनी १३ औं महाधिवेशनमा झापा क्षेत्र नं. ७ को क्षेत्रीय सभापतिमा निर्वाचित भए ।

आफू क्षेत्रीय सभापति रहेकै बखत भएको पहिलो स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदका प्रत्यासी समेत रहेका भण्डारी १४ औं महाधिवेशनमा पुनः दोश्रो कार्यकालका लागि पार्टीको क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन ।

उनकै कार्यकालमा कांग्रेसको क्षेत्रीय समितिको कार्यालय भवन तत्कालिन पार्टी सभापति स्व. सुशील कोइरालाले उदघाटन गरेका थिए । कांग्रेसको आन्तरिक संगठन निर्माणमा होस वा सामाजिक गतिबिधिहरुमा उनको सक्रिय नेतृत्व रहँदै आएको छ ।
सामाजीक रुपमा दमक बहमुखी क्याम्पसको २ कार्यकाल सञ्चालक समिति सदस्य रहेर काम गरिरहेका उनी दमकस्थित ऊँ मेची अस्पतालका सञ्चालक पनि हुन् । व्यवसायिक क्षेत्रमा पनि आफुलाई उभ्याएका उनले एक कार्यकाल दमक उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य भएर समेत काम गरेका छन भने दमक जेसीजमा करिव एक दशक क्रियाशली रहेर आफनो नेतृत्व बिकास गरेका नेता हुन । सहकारी क्षेत्रमा दमक सहकारी संस्थाको सल्लाहकार समेत भइसकेका छन ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस