गाैरीगंज गाउँपालिकाद्वारा युवाहरूलाई निःशुल्कमा स्वराेजगार तालिम

September 8, 2022 मा प्रकाशित

गाैरीगंज २३, भदाै / सीप विकास तथा व्यवसायिक तालिम दिएर यहाँका युवालाई स्वराेजगार बनाउने उदेश्यले गाैरीगंज गाउँपालिकाले ३ महिने प्लम्बिङ्ग तालिम शुरू गरेकाे छ ।
सीप तथा व्यवसायिक तालिम केन्द्र भद्रपुरकाे संयाेजनमा गाउँपालिकाले आज देखि ३ महिने प्लम्बिङ्ग तालिम शुरू गरेकाे हाे ।
गाैरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले उद्घाटन गरेकाे तालिममा १५ जना युवाहरू सहभागी छन् । कार्यक्रमकाे उद्घाटन गर्दै अध्यक्ष राजवंशीले सीप सिकाएर युवाहरूलाई स्वराेजगार बनाउने र आत्मनिर्भर बनाउने गाउँपालिकाकाे लक्ष्य बमाेजिम तालिमकाे आयाेजना गरिएकाे बताईन् । गाउँपालिकाकै विभिन्न वडाहरूमा खानेपानी पाईपकाे विस्तार हुने भएकाेले याे प्लम्बिङ्गकाे तालिमले युवाहरूले राेजगार पाउने अध्यक्ष राजवंशीले विस्वास दिलाईन् । गाउँपालिकाकि उपाध्यक्ष पुजन न्याैपाने कुँवरले याे प्लम्बिङ्ग तालिमले युवाहरूकाे आयअार्जनमा ठुलाे टेवा पुग्ने बताईन् । प्रत्येक वडाबाट सहभागी युवाहरूलाई प्लम्बिङ्ग तालिमले जिन्दगी भरी काम लाग्ने र त्यसले आयआर्जनमा ठुलाे मद्दत पुग्ने उपाध्यक्ष कुँवरले बताईन् ।
कार्यक्रममा सीप विकास तथा व्यवसायिक तालिम केन्द्र चन्द्रगढीकी प्रमुख कृष्ण श्रेष्ठले आफ्नाे शुभकामना मन्तव्य राखेकी थिईन भने कार्यक्रममा अधिकृत रमेश काेईरालाकाे उपस्थिति थियाे । तालिमकाे सहजिकरण फागुराम धिमालले गर्ने छन् । तालिमकाे औपचारिक उद्घाटन कार्यक्रमकाे सञ्चालन गाैरीगंज गाउँपालिका प्रशासन शाखा अधिकृत विरेन्द्र खड्काले गरेका थिए ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस