गाैरीगंज – ३ द्वारा १९७ जना विपन्न परिवारलाई नि:शुल्कमा स्वास्थ्य बिमा, बिमितहरूकाे नामावली प्रकाशन

September 14, 2022 मा प्रकाशित

गाैरीगंज २८ , भदाै / दैनिक आधारभूत आवश्यकता पनि पूरा गर्न नसक्ने अति विपन्न परिवारका १९७ जना नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिने भएको छ । चालु आर्थिक वर्षको वडा सिलिङ्ग बजेट बाट गाैरीगंज गाउँपालिका वार्ड नं. ३ ले वडाका विपन्न परिवारहरूकाे निशुल्क स्वास्थ्य बिमा गरिने भएकाे हाे ।
वडा कार्यालयले भदाै २७ गते सार्वजनिक सुचना प्रकाशित गर्दै निशुल्क स्वास्थ्य विमाका लागि आवेदन प्राप्त मध्ये १९७ जनाकाे नामावली प्रकाशन गरेकाे हाे ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का वडा अध्यक्ष श्रवण गिरीले निर्वाचित भए पश्चात् बसेकाे वडा समितिकाे पहिलाे वैठकले २ सय जना विपन्न परिवारकाे निशुल्क स्वास्थ्य विमा गर्ने निर्णय गरेकाे थियाे । वडा अध्यक्ष गिरीले भने – ‘अति विपन्न पहिचान गरी वडा कार्यालयले निःशुल्क स्वास्थ्य बिमा गर्ने तयारी गरेका छाै । यसका लागि ७ लाख रूपैयाँ वडा सिलिङ्ग बजेटबाट छुट्याएका छाै ।’

‘गरिबीको रेखामुनि रहेका परिवारकाे निःशुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रमलाई अघि बढाएको छु,’ वडा अध्यक्ष गिरीले भने – ‘१ लाखसम्म बिमांक रकमको स्वास्थ्य बिमा शुल्क सरकारले बेहोर्ने व्यवस्था अनुरूप अति विपन्नले वर्षको १ लाखसम्म निःशुल्क बिमा सुविधा पाउँछन् ।’ हाल दमककाे निम्स अस्पताल, दमक अस्पताल, ओम मेची अस्पताल, विराटनगरकाे काेशी अस्पताल, माेरङ्ग सहकारी अस्पताल, एम्स अस्पताललगायतमा स्वास्थ्य विमाकाे कार्यक्रम सञ्चालनमा छ ।
पछिल्लो तथ्यांकअनुसार नेपालमा करिब २१ प्रतिशत निरपेक्ष गरिबी छन् । नेपालको कुल जनसंख्या २ करोड ६४ लाख (राष्ट्रिय जनगणना ०६८ का आधारमा) मान्दा करिब ५५ लाख नागरिक गरिबीको रेखामुनि देखिन्छन् । पछिल्लो समय केन्द्रीय तथ्यांक विभागले गरिरहेको जनसंख्याको प्रक्षेपण हेर्दा यो संख्या अझ बढ्न सक्छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस