कन्काईमा महिला संघ गठन, क्षेत्र नं. ४ मा कांग्रेस विजयी हुने कांग्रेस सभापति थेवेकाे विश्वास

September 23, 2022 मा प्रकाशित

सुरुङा ७, असाेज / नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ कनकाई नगर समिति गठन भएको छ । नेपाली कांग्रेसका नेता तथा पार्टीका झापा सभापति देउकुमार थेवेको प्रमुख आतिथ्यमा शुक्रबार नगर समिति गठन भएको हो ।

रेनुका मैनालीको सभापतित्वमा १८ सदस्यीय नेपाल महिला संघ गठन भएको नेपाली कांग्रेस कनकाई नगर समितिले जानकारी दिएको छ । यो समितिको पदावधि ५ वर्षको हुने छ ।

समितिको उपसभापतिमा कविता श्रेष्ठ, सीता खड्का सर्वसम्मत चयन भएका छन् । यस्तै सचिवमा संगिता भुजेल, सह-सचिवमा सोनामणी हेमरम र रचना प्रसाईँ चयन भएका छन् । समितिको कोषाध्यक्षमा सरला तामाङसहित १८ सदस्यीय सर्वसम्मत समिति चयन भएको याम भुजेलले जानकारी दिए ।

नेपाल महिला संघ गठनको औचित्यमाथि पार्टीका नगर सभापति दुर्गा प्रसाईँले प्रस्ट्याएका थिए । कार्यक्रम सभापति प्रसाईकै सभापतित्वमा भएको थियो । कार्यक्रममा नेपाली काग्रेसका झापा सभापति देउकुमार थेवेले प्रदेश र संघको आसन्न निर्वाचनमा आम दिदी बहिनी आआफ्नो ठाँउबाट खटेर लाग्नुपर्ने बताए ।

उनले भने,‘ अब, झापा ४ को मुहार फेर्नका लागि एक मात्र शक्तिशाली पार्टी नेपाली कांग्रेस अघि बढिसकेको छ ।’ पार्टीलाई जिताएर यहाँको समग्र विकासको नेतृत्व गर्न दिदी बहिनीको अहम भुमिका हुने उनले बताए । आधा आकास ढाकेको महिला शक्तिले यो पटकको निर्वाचनमा नेपाली कांग्रेसलाई बिजयी गराउने उनले विस्वास व्यक्त गरे । ‘तपाईँहरु खुलेर लाग्नु भयो भने यो पटकको निर्वाचन सजिलै जितिन्छ ।’ कार्यक्रममा बाेल्दै नेपाली कांग्रेस जिल्ला सभापति थेवेले कन्काइ नगरपालिकाका पाँच वटा बिद्यालयलाई बजेट बिनियोजन गर्न पहलकदमी गरेको जानकारी गराए । उनले भृकुुुटी माबि कन्काई ७ मा चार कोठे भवन निर्माण को लागि ४५ लाख, जनचेतना आधारभुत बिद्यालय कनपा ३ को २ कोठे भवन को लागि २२५०००० , जानकि आधारभुत बिध्यालय कनपा २ को ४ कोठे भवन को लागि ४५००००० , सरस्वती मा बि कनपा ४ को लागि ६५०००० , पसुपती प्रा. बी कनपा १ को लागि ६५०००० रुपैया बजेट बिनियोजन भएको जानकारी गराए ।

पार्टीकी नगर समिति सदस्य रेनुका मैनालीले स्वागत गरेको कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख समेत रहेकी कांग्रेस नेत्री आशा शर्मा सिवाकोटी लगायतले नयाँ नेतृत्वलाई शुभकामना दिएकी थिइन् । उनले नबनिर्बाचित सबैलाई धन्यबाद दिदै महिला संघलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन आग्रह गरिन् । कार्यक्रममा कबिता बस्नेत , सीता थेबे , लिला चिमरिया , याम भुजेल ,रोहित खवास, मनोज बस्नेत , लछुमन जोयेल श्रेष्ठ , इस्वरी सिवाकोटी , भिम राजवंशीलगायतकाे सहभागीता थियाे ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस