भारतीय गृहमन्त्री अमित साहद्वारा फत्तेपुर वीओपीको उद्वघाटन, पिलर नं. १५१ र १५२ को पनि निरीक्षण

September 24, 2022 मा प्रकाशित

गौरीगंज ८, असोज / भारतीय केन्द्रीय गृह एवं सहकारीता मन्त्री अमित साहले आज भारतीय फत्तेपुर एसएसबी क्याम्पको उद्वघाटन गरेका छन् । विहारको दुई दीवसीय कार्यक्रम अन्तर्गत कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केन्द्रिय गृहमन्त्री साहले Amit shah in Fatepur SSB Camp  कार्यक्रममा सीमा सुरक्षा वलका जवानहरुलाई प्रशंसा गरेका थिए । फत्तेपुरको एसएसबी क्याम्प झापा गौरीगंज गाउँपालिका वार्ड नं. ५ को दक्षिणसीमासंग जोडिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय मन्त्री साहले भने, – ‘ नेपाल र भुटानसंग हाम्रो मैत्रीपुर्ण सम्बन्ध छ । जब कोही सीमा नजिक आउँछन् थाहा हुन्छ कि सबै भन्दा कठिन ड्युटी शसस्त्र सीमा सुरक्षा वलको हो किनकी खल्ुला सीमा छ ।’ भारतीय सीमासंग जोडिएका किसनगंज जिल्ला अन्तर्गतका ५ वटा सीमा चौकीहरुको एकैदिन उद्वघाटन गरेका केन्द्रिय गृहमन्त्री साहले भारत –नेपाल सीमाको पिलर नं. १५१ र १५२ को अवलोकन गर्नुका साथै विभिन्न सुरक्षा सम्बन्धी गतिविधिको जानकारी लिएका थिए । गृहमन्त्री साहले सीमा नजिक रहेका फत्तेपुर बीओपीसंगै फेकटोला, बेरिया, आमगाछी रानीगंज भवनको समेत उद्वघाटन गरेका थिए । कार्यक्रममा गृहमन्त्री साहले करिब २५ करोड भारतीय रुपैयाँको लागतमा ५ वटा भवन निर्माण हुन गइरहेको बताए ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस