गाैरीगंजमा डेंगी रोकथाम गर्न लार्भा नष्ट गरिँदै

October 1, 2022 मा प्रकाशित



गाैरीगंज १५, असाेज / लामखुट्टेको टोकाइका कारण फैलिएको डेंगी संक्रमण रोक्न लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानलाई झापाको गाैरीगंज गाउँपालिका स्वास्थ्य शाखाले बजार क्षेत्रमा सांकेतिक रुपमा सञ्चालन गरेकाे छ । देशैभर डेंगीको संक्रमण बढ्न थालेपछि लामखुट्टेुको लार्भा नष्ट गर्न सांकेतिक आव्हान गर्दै यो अभियान सञ्चालन गरिएकाे गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का वडा अध्यक्ष श्रवण गिरीले जानकारी दिए ।
झापा उद्योग वाणिज्य संघ गाैरीगंजकाे समन्वयमा अाज गाैरीगंज गाउँपालिका वार्ड नं. ३ काे गाैरीगंज चाैक र वजार क्षेत्र, वार्ड नं. ६ काे खजुरगाछी वजार र नेपाल रेडक्रस साेसाईटी गाैरीगंजकाे समन्वयमा वार्ड नं. ३ कै ठेकीटाेला चाैक, वार्ड नं. १ स्थित कुञ्जिवारी बजार र आसपासमा गाैरीगंज गाउँपालिकाकि उपाध्यक्ष पुजन न्याैपाने, वार्ड नं. ३ का वडा अध्यक्ष श्रवण गिरी, उद्योग वाणिज्य संघ गाैरीगंजका अध्यक्ष तथा पुर्व वडा अध्यक्ष मखना महताेसहित जनप्रतिनिधि, रेडक्रस गाैरीगंजका सभापति यादव रिजाल, स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रसहित स्वास्थ्यकर्मी, प्रहरीसमेतकाे टाेलीले पानी जम्ने स्थान , पुराना टायर , पुराना जुत्ता चप्पल, प्लास्टिका भाडा ,पानीका ट्यांकी , गमला, लगायत पानी जम्ने ठाउमा पुगेर लामखुट्टेुको लार्भा नष्ट गरिएकाे थियाे ।

गाउँपालिकाकि उपाध्यक्ष पुजन न्यापानेले कुञ्जिवारी बजारमा लामखुट्टेुको लार्भा प्रशस्तै भेटिएको बताए । उनले देखिएको लार्भा नष्ट गरिएपनि अदृश्य रुपमा अझै लार्भाहरु रहन सक्ने र दिनदिनै यसको लामखुट्टेले लार्भा उत्पादन गर्ने भएकाले सतर्कता अपनाउँदै नष्ट गर्न गाउँबासीलाई आव्हान गरिएको बताए ।
लार्भा उत्पादन रोक्न फुलदानी, टायर तथा अन्य कुना काप्चामा जम्ने पानीलाई हप्तामा दुई पटक अनिवार्य सफा गर्नु पर्ने स्वास्थ्य सरोकारवालाहरुको सुझाव छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं.३ का वडा अध्यक्ष श्रवण गिरीले डेंगुको संक्रमण भएमा एक्कासी उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरिरमा खटिरा तथा विमिरा आउने, रिंगटा लाग्ने हाडजोर्नी र माँसपेशीहरु र ढाड दुख्ने लगायतका लक्षण आउने भन्दै त्यस्ता लक्षण देखिएमा स्वास्थ्य संस्थाको सम्पर्कमा जान सर्वसाधारणलाई आग्रह गरिएको बताए ।
गाउँपालिकाले गाैरीगंज अस्पतालमा र वडाहरूकाे श्वास चाैकीहरूमा त्यस्तो किसिमको लक्षण भएका बिरामीको निशुल्क परिक्षण र उपचार गर्ने व्यवस्था मिलाएको बताए

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस