काठमाडौंबाट गाैरीगंज आउदै गरेकाे बस दुर्घटना हुदाँ २ जनाकाे मृत्यु ३६ जना घाईते

October 3, 2022 मा प्रकाशित


असोज १७, गौरीगंज/ काठमाडौंबाट गौरीगंज आउदै गरेकाे यात्रुवाहक बस दुर्घटना भएको छ । हिजो आइतबार करिब १२.३० बजे काठमाडौंबाट गौरीगंज अाउदै गरेकाे ना ७ ख २०३२ नम्बरकाे भावना डिलक्स बस हेटाैडा उपमहानगरपालिका वार्ड नं. १५ चुरियामाईमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएकाे छ भने भएको छ भने ३६ जना घाइते भएका छन् । घाईते मध्ये ७ जनाकाे हेटाैटा अस्पतालमा उपचार भईरहेकाे छ भने अरू सामान्य उपचारपछि घर फर्किएकाे जिल्ला ट्राफिक कार्यालय मकवानपुले जनाएकाे छ ।

मृत्यु हुनेमा मोरङ बेलबारी वार्ड नं. ८ बस्ने वर्ष ५१ की कल्पना राजवंशी र दमक नपा वार्ड नं. ५ बस्ने ६० वर्षिय डिल्ला बहादुर दर्जीका मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गौरीगञ्ज १ का महेश राजवँशी, गौरादह ८ का गौरनाथ राजवंशी लगायत ३६ जना घाइते भएको प्रहरीले जनाएको छ । बसकाे ईन्जिनमा खराबी भई दुर्घटना भएकाे स्राेतले जनाएकाे छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस