झापा क्षेत्र नं. ५ ‘क’ काे गाैरादह धाेवनियाबाट गठबन्धन दलले शुरू गर्याे घरदैलाे कार्यक्रम

October 14, 2022 मा प्रकाशित

दमक/ झापा जिल्लाको निर्वाचन क्षेत्र नं ५ मा सत्तारुढ दलहरुको गठबन्धनले चुनावी कार्यक्रम अन्तर्गत शुक्रबारदेखि घरदैलो अभियान शुरु गरेको छ ।
गौरादह ३ धोबिनियाबाट गठबन्धनका संघीय संसद सदस्यका उम्मेदवार डा. खगेन्द्र पाण्डव अधिकारी र प्रदेश सभा क्षेत्र कका उम्मेदवार जिवनकुमार राईले समर्थक तथा शुभेच्छुकहरुको उत्साहजनक उपस्थितीका बीच घरदैलो अभियान शुरु गरेका हुन ।
गठबन्धनमा आवद्ध पाँच दल मध्ये यो क्षेत्रमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरु प्रत्यक्ष चुनावमा छन । संयुक्त गठबन्धनले झापा क्षेत्र नंम्बर ५ का साझा उम्मेदवारलाई जिताउन कांग्रेस झापा ५ का सभापति ढुण्डीराज भण्डारीको संयोजकत्वमा संघीय निर्वाचन क्षेत्रस्तरीय निर्वाचन परिचालन समिति गठन गरेको थियो । गठबन्धनले प्रदेश सभा क्षेत्र कको चुनाव प्रचार प्रसार समितिको कार्यालय गौरादहको सिटी सेन्टरमा स्थापना गरेर अघि बढाइरहेको छ भने दमकमा भोली शनिबार प्रदेश सभा क्षेत्र खका लागि चुनाव प्रचार प्रसार कार्यालय स्थापनासंगै औपचारिक रुपमा चुनावी कार्यक्रम शुरु हुँदैछ । यो प्रदेश सभा क्षेत्रमा गठबन्धनका तर्फबाट माओवादीका युवा नेता गगन पुरी उम्मेदवार छन ।
झापा ५ मा गठबन्धनले कांग्रेस नेतृ महेन्द्रकुमारी लिम्बुको संयोजकत्वमा उच्च स्तरीय अनुगमन राजनीतिक समिति गठन गरिएको छ । सो समितिको सह–संयोजकमा दमक नगरपालिकाका पूर्व नगर प्रमुख तथा एकीकृत समाजवादीका केन्द्रीय सदस्य इन्द्रबहादुर बुढाथोकी र माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङ रहेका छन् ।
त्यस्तैं, समितिका सदस्यहरुमा पूर्व सांसद विश्वदिप लिङदेन, कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, सुरेश सुब्बा, दिलबहादुर बुढाथोकी, शेरबहादुर भट्टराई, बीरबहादुर प्रसाई, पदम पौडेल, भूमि राई, प्रकाश कार्की, फूलवती राजवंशी, राजेन्द्र दाहाल, रमेश गुरागाई, सिताराम अधिकारी, नरेन्द्र साँवा, सुमित्रा वाङदेल चेली, शान्तिराम आचार्य, दिलिप राई, पर्शु सुवेदी, प्रताप सुब्बा, छविन्द्र बस्नेत, गणेशमान धिमाल लगायत रहेका छन ।
त्यस्तैं, निर्वाचन परिचालन मुल समिति मार्फत उम्मेदवारहरुको घरदैलो र अभियानलाई संञ्चार माध्यमहरुबाट प्रकाशन र प्रसारण गर्न रामचन्द्र अधिकारीको संयोजकत्वमा प्रचार उप–समिति गठन गरिएको छ । सो समितिको सह–संयोजकमा पत्रकार बिमल लामिछाने र पत्रकार अनिलदेब राई रहेका छन् । सो समितिको सदस्यहरु डम्बर बोहोरा, सूर्य लिम्बु, दिपेश दाहाल, कमल ढुंगाना र राजु भट्टराई रहेका छन् ।
यसैगरी वाइसिएल केन्द्रिय सचिव समेत रहेका युवा नेता डम्बर पुलामी कर्माको संयोजकत्वमा युवा÷विद्यार्थी परिचालन समिति गठन भएको छ । समितिको सह–संयोजकमा गोकुल श्रेष्ठ र रोशन भण्डारी रहेका छन् ।
दमक नगरपालिकाकी उपप्रमुख तथा कांग्रेस नेतृ रेगिना भट्टराईको संयोजकत्वमा महिला परिचालन समिति गठन भएको छ । समितिको सहसंयोजकमा माओवादी केन्द्रकी नेत्री राधिका ओझा र एकीकृत समाजवादीका नेत्री हरिमाया मैनाली (लामिछाने) रहेका बताइएको छ । सो समितिका सदस्यहरुमा गौरी राई, उर्मिला कार्की दिपा गौतम, नौतली राजवंशी, चन्द्रकला भण्डारी र मेनुका राजवंशी रहेका एकीकृत समाजवादी दमक नगर अध्यक्ष महेश घिमिरेले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस