कनकाईमा गठबन्धनको चुनावी अभियान, थेवे भन्छन– सांसद नहुँदा पनि गरेको छु

October 15, 2022 मा प्रकाशित

Advertisement

सुरुङ्गा / झापा क्षेत्र नम्बर ४ का गठबन्धनका उम्मेद्धार देउकुमार थेबेले आफु सत्ता र सांसदको भुमिकामा नहुदा समेत सत्तामा रहनेको भन्दा दोब्बर काम गरेको दावी पेश गरेका छन ।
आज गठबन्धन दलको प्रचार प्रसार तथा घरदैलो कार्यक्रमको कनकाईमा उदघाटन गर्दै थेबेले कनकाई ३ स्थित इलाका प्रहरी कार्यालयको भवनका लागि बजेट परेको सुधिर मार्गको स्तर उन्नति र कालोपत्रेका लागि ५० लाख रुपैँया बजेट छुट्टिएको, धनुषकोटी क्षेत्रमा तटबन्ध देखि लिएर छठ पुजाका लागि समेत बजेट विनियोजन गरिएको बताए । म हार्दा पनि जित्दा पनि तपाईहरुकै गाउँघरमा भेटिनेछु यो मेरो वाचा भयो –थेबेले भने । थेबेले कनकाई ३ सुरुङ्गास्थितपाथिभरा देविको मन्दिरमा वाचागर्दै आफ्नो घोषणापत्र प्रस्तुत गरेका थिए ।

थेबेले आफुले नजित्दा समेत गरेका विकासको फेरिहस्त प्रस्तुत गर्दै जिताउँदा विकासको मुहान फुटाउने प्रतिवद्धता जनाए । आफुलाई यस क्षेत्रमा वाढी आउँदा र घाम लाग्दा सन्काह खोलाको रुप कस्तो हुन्छ भन्ने कुराको राम्रो व्यवहारिक ज्ञान भएको भन्दै मतदान गर्न आग्रह गरे ।

कार्यक्रममा झापा क्षेत्र नम्बर ४ का प्रदेश सभाका उम्मेद्धार एकराज उप्रेती, स्थानीयवासीको तर्फबाट विज्ञान संग्रौला लगायातले आआफ्नो धारणा राखेका थिए । कार्यक्रममा कांग्रेस नगर सभापति दुर्गा प्रसाई, माओवादी कनकाई नगर अध्यक्ष यामनाथ सेडाई, नेकपा एसका कनकाई नगर अध्यक्ष प्रतिक राजवंशी , संयुक्त प्रचार समितिका संयोजक जयनारायण शाह, लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सभापतित्व कांग्रेसका कनकाई २ का सभापति बुद्धिमान बोहोराले गरेका थिए । गठबन्धन दलको तर्फबाट १ र २ नम्बर वार्डमा शनिवार र आइतवार घरदैलो अभियान जारी रहने प्रचार समितिका मनोज बस्नेतले बताए । शनिवार कनकाई १ र २ का आधादर्जन स्थानमा कोषसभाको आयोजना गएिको छ ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस