रासविस गाैरीगंजद्वारा सामुहिक हुकाहुकी, दुईजना जग्गादातासहित ९ जना राजवंशी समुदायका जनप्रतिनिधिलाई सम्मान

October 25, 2022 मा प्रकाशित

गाैरीगंज ८ कार्तिक /
औसिया पावनी अर्थात शुभ दिपावलीको अवसरमा पूर्वी नेपालका आदिवासी समुदायले धुमधामसंग सामुहिक हुक्काहुक्की खेलकाे आयोजना गरेर मनाउँदैछन् । राजवंशी समाज विकास समिति गाैरीगंज र राजवंशी समाज विकास समिति वार्ड नं. ६ काे संयुक्त आयाेजनामा सामुहिक हुक्काहुकि, सांस्कृतिक तथा सम्मान कार्यक्रमकाे अायाेजना गरि कार्तिक ७ गते साेमबार सामुहिक हुक्काहुकी कार्यक्रम गरिएकाे हाे ।

तराईका आदिवासी समुदायले परम्परागत रुपमा मनाउदै आएको हुक्काहुक्की खेल दादो दादी भनेर हजुरबा हजुरआमालाई सम्झिदै मनाएका हुन् ।
हर्साेल्लासका साथ मनाइने गरेको हुक्काहुक्की मनाउन पूर्वका राजवंशी, ताजपुरिया,गन्गाई , माझी समुदायमा त्यस किसिमको सांस्कृतिक खेलहरु सामूहिकरुपमा आयोजना गरिएको हो । कार्यक्रममा राजवंशी समाज विकास समितिकाे केन्द्रीय भवन निर्माणका लागि ३ कठ्ठा जग्गा दान दिएका धन्ञ्जय राजवंशी र महाविर चिलाराय स्तम्भकाे निर्माण का लागि १० धुर जग्गा निशुल्क दान दिएका कृष्णप्रसाद राजवंशीलाई दाेसल्ला ओढाएर सम्मानपत्र सहित सम्मान गरिएकाे थियाे ।
राजवंशी समाज विकास समिति वडा नं. ६ कार्य समितिका सचिव बरूण राजवंशीले सम्मापत्र पढेर सुनाएका थिए ।
त्यसैगरी गत स्थानिय निर्वाचनमा गाैरीगंज गाउँपालिकामा राजवंशी समुदायबाट निर्वाचित ९ जना जनप्रतिनिधिलाई समेत सम्मान गरिएकाे थियाे । गाैरीगंज गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे । राजवंशी समाज विकास समितिका गाैरीगंज अध्यक्ष गाेपाल प्रसाद राजवंशीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे स्वागत राजवंशी समाज विकास समिति गाैरीगंजका उपाध्यक्ष गंगाप्रसाद राजवंशीले गरेका थिए ।
दादो दादी हुक्का दे भन्दै सुन्ठीमा आगो बालेर आकाशतिर फाल्ने खेल हुक्का हुक्की विशेेेेषतः लक्ष्मीपूजाको दिन साँझमा खेल्ने गरिन्छ ।
दिवंगत हजुरबुबा, हजुरआमा वा जोसुकै पितृहरुलाई ‘हामीले तिमीलाई सम्झिएका छौं हामीलाई आशीर्वाद देउ’ भनी आशीर्वाद माग्दै हुक्काहुक्की खेल्ने परम्परा रहेको आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका सदस्य सचिव कमल प्रसाद राजवंशी बताउँछन । लक्ष्मी पूजाको विहानै आ–आफ्नो धान खेतमा गई ‘ लोकेर धान आउल बाउल हामार धान दुधेर चाउल, लोकेर धान हेकाबेका हामार धान दुधेर टेका सोरा…. सोरा’ ( अरु भन्दा हाम्रो धान राम्रो फलोस, अरुको धान भन्दा हाम्रो धान दुधको जस्तो होस) भन्दै आर्शिवाद माग्ने गर्छन् । खेतबाट इलुवा (एकप्रकारको घाँस) घरमा ल्याएर सुन्ठीलाई बाधेर हुक्का बनाउँछन् । घरको देवता र महाराजथानमा हुक्का चडाएर देवतासँग घरका सबै सदस्यलाई वर्षभरि निरोगी र सुख सयलमा राख्नु भन्दै आर्शिवाद लिने चलन छ ।

साँझपख सामुहिकरुपमा हुक्कामा आगो सल्काएर हुक्का हुक्की खेल खेल्ने गछर्न । हुक्का हुक्की खेल खेलिसकेपछि मान्यजनहरुबाट आर्शिवाद लिई प्रसादको रुपमा पिठ्ठ (चामलको पिठोले बनाएको एक परिकार ) खाने चलन रहेको छ ।
हुक्काहुकी खेल आदिवासी समुदायमा विशेष महत्व रहेको बताउँछन् । आदिवासी समुदाय बसोवास रहेको स्थानमा हुक्काहुकी खेल परापूर्वदेखि खेल्दै आएको छ । तर समयको परिवर्तनसँगै सांस्कृतिक महत्व बोकेको हुकाहुकी पर्व सुन्ठीको अभाव र युवापुस्तामा पर्वबारे जागरुकताको कमीले दिनानुदिन लोप हुदै गएको सदस्य सचिव राजवंशी बताउँछन् ।

कार्यक्रममा राजवंशी समाज विकास समिति गा‌रीगंजका वार्ड नं. १ देखि ६ सम्म कै वार्ड समितिहरू हुक्का लिएर र्यालीसहित कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राचार्य डा. साेम बहादुर धिमाल, गाैरीगंज गाउँपालिकाकाे १ देखि ६ सम्मका वडा अध्यक्षहरू कार्तिकलाल राजवंशी, किनालाल राजवंशी , श्रवण गिरी, फेका गिरी, विजयप्रसाद सिंह गन्गाई, बद्रीनारायण यादव, आदिवासी जनजाती महासंघ गाैरीगंजका अध्यक्ष गंगाप्रसाद राजवंशी, झापा उद्योग वाणिज्य संघ तथा महताे समाज कल्याण परिषदका अध्यक्ष मखना महताे, राजवंशी समाज विकास समितिका झापा जिल्ला अध्यक्ष दिनेश्वर प्रसाद राजवंशी, नेपाल शिक्षक संघ गाैरीगंजका अध्यक्ष गाेपाल प्रसाद ताजपुरियालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा यादव सेवा समिति, नेपाल आदिवासी जनजाति सन्थाल संघ, जेष्ठ नागरिक संघ, अपांग संघ, नेवार देय देबु संघलगायत विभिन्न संघ संस्थाका प्रमुख, प्रहरी प्रशासनका प्रमुखलराष्ट्रिय कलाकार तथा गायक बलराम राजवंशी , बलबहादुर राजवंशीलगायत स्थानिय कलाकारहरू गित तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमकाे सञ्चालन राजवंशी समाज विकास समिति वडा नं. ६ कार्य समितिका अध्यक्ष आत्माराम राजवंशीले गरेका थिए ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस