अबकाे राजनीति नयाँ ढंगबाट साेच्नु पर्छ : कांग्रेस नेता सिटाैला

November 27, 2022 मा प्रकाशित

Advertisement

भद्रपुर, मंसिर ११ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले समाजले खोजेको नयाँपन तथा नयाँ दिशातर्फ सबै राजनीतिक दलहरूले सोच्ने बेला आएको बताएका छन् ।

भद्रपुरमा आयोजित मतदातालाई धन्यवाद तथा आभार र प्रदेशसभा सदस्यमा निर्वाचित भूमिप्रसाद राजवंशीलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले संघीयता लोकतन्त्र र समाजवादलाई सही कार्यान्वयनमा ल्याएर नागरिकले खोजेको नयाँपन शासन व्यवस्थामा स्थापित गर्न दलहरू गम्भीर हुनु पर्ने बताएका हुन् ।

देशको राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएको बताउँदै नेता सिटौलाले शासन सञ्चालनमा समेत नयाँ शैली अपनाएर राजनीति अगाडि जानसके वर्तमान नेपालले खोजेको भावना पूरा हुने धारणा राखे । उनले पुरानो राजनैतिक शैलीलाई अगाडि बढाएर अबको राजनीति जनताको भावना छुने गरी लक्ष्यमा पुग्न नसक्ने भएकोले यसतर्फ पनि सोच्ने बेला आएको उल्लेख गरे ।
नेता सिटौलाले निर्वाचनबाट कोही विजय कोही पराजय भएपनि राजनीतिमा उन्नत संस्कार सिक्नु पर्ने भएको हुँदा अबको गन्तव्यमा पनि आफू राजनीतिमा सकृय रहने समेत कार्यकर्ता सामु प्रष्ट पारेका छन् । उनले निर्वाचनको क्रममा सबैको चित्त बुझाउन नसकिने भएकोले निर्वाचनको परिणामलाई आत्मसात गर्दै अगाडि बढ्ने समेत नेता सिटौलाको भनाइ छ ।

उनले झापा क्षेत्र नं. ३ का जनताको हितमा आफू सँधै काम गर्ने बताउँदै गठबन्धन दलका सबै नेता कार्यकर्ता, मतदाताहरुलाई आभारसहित धन्यवाद दिएका छन् । नेता सिटौलाले निर्वाचनलाई आफ्नो पक्षमा ल्याउन अहोरात्र खट्ने किसान, मजदुरहरूले आफ्नो मन जितेको भन्दै पराजयलाई आफूले विजयकै रूपमा लिएर काम गर्ने समेत बताए ।
उनले निर्वाचनको अन्तिम परिणामसंगै सत्ता गठबन्धनले आगामी पाँच बर्ष प्रतिगमनबिरुद्ध मिलेर सरकार चलाउने र देशमा देखिएका आमुल समस्याको समाधान हुने कुरामा समेत आफू विश्वस्त भएको प्रस्ट पारे ।

सो कार्यक्रममा प्रदेश (१) बाट विजय भएका भूमिप्रसाद राजवंशी र (२) बाट उम्मेदवार बनेका पूर्णप्रसाद राजवंशीले समेत आ–आफ्नो धारणा राख्दै मतदाताप्रति आभार प्रकट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस