गाैरीगंज गाउँपालिकाद्वारा पहिलाे पटक सार्वजनिक सुनुवाई

December 15, 2022 मा प्रकाशित

गाैरीगंज २९, मंसिर / गाैरीगंज गाउँपालिकाले आज साेमबार पहिलाे पटक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेकाे छ ।
गाैरीगंज गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीकाे अध्यक्षतामा भएकाे पहिलाे चाैमासिक अवधिकाे सार्वजनिक सुनुवाई कार्यक्रम गरेकाे हाे । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष फुलवती राजवंशी, उपाध्यक्ष पुजन न्याैपाने कुवँर र प्रमुख प्रशासकिय अधिकृत मणिराम खतिवडाले सहभागीहरूले उठाएका जिज्ञासाकाे जवाफ दिएका थिए ।

नेकपा एमालेका गाउँ कमिटि अध्यक्ष गाेविन्द कुवँरले दलित, सुकुम्बासीहरूलाई गाउँपालिका जग्गाकाे निस्सा बाड्ने प्रक्रियाका लागि पार्टीबाट पठाएका प्रतिनिधिहरूलाई खबर नै नगरी जग्गाकाे निस्सा वितरणप्रति आपति जनाउदै सुकुम्बासी, भुमुहिन दलितकाे संख्या गाउँपालिकामा कति छन् ? जानकारी दिन आग्रह गरे ।
उद्योग वाणिज्य संघ गाैरीगंजका अध्यक्ष मखना महताेले कृषकले उब्जाएका धान, सागसब्जीलगायतका उत्पादनकाे सहि मूल्य किन नपाएकाे जिज्ञासा राख्दै त्यसकाे व्यवस्थापन गर्न गाउँपालिकाले आवश्यक पहल गर्ने पर्न बताए । वैंकहरूले हालकाे समयमा ऋण प्रवाह राेकेर आम नागरिकलाई समस्या परेकाे बताउँदै अन्य वितिय संस्थाहरूले मनपरी ब्याजदरमा ऋण प्रवाह गर्ने कार्य भईरहेकाेले त्यसलाई राेक्न गाउँपालिकाले भुमिका खेल्ने पर्ने सुझाए ।
स्थानिय विष्णु सुवेदीले अतिथि सदनकाे सार्वजनिक जग्गा, बधशाला निर्माण, गाैरीगंज आधारभुत अस्पतालमा स्वास्थ्य उपकरणकाे अभाव र डाक्टरहरूकाे फितलाे सेवाप्रति असन्तुष्टि जनाउदै त्यस तर्फ गाउँपालिका के कस्ताे कामकारबाहीहरू गरिरहेकाे छ ? प्रश्न गरे ।
गाैरीगंज माविका सहायक प्रअ कर्मा शेर्पाले गाैरीगंज माविकाे ७२ विघा जग्गा रहदा रहदै हाल विद्यालयलाई १५ लाख रूपैयाँ ऋण लागेकाे र कक्षा काेठा नभएर विद्यार्थीलाई पुरानाे भवनमा अध्ययन अध्यापन गराउदै अाएकाे जानकारी गराउदै ७२ विघा जग्गाकाे आम्दानी लिन नसकेकाे दुखेसाे पाेखे । ‘५५ हजार रूपैयाँमा प्रति विघा ठेक्का लगाएकाे रकम असुली नभएकाे अवस्था छ’, सहायक प्रअ शेर्पाले भने -‘ गाउँपालिकाले रकम असुलीकाे पहल किन नगरेकाे ?
नेकपा एमालेका घनश्याम रिजालले गाैरीगंज गाउँपालिका शहरउन्मुख हुँदै गएकाे हुनाले नगरपालिका बनाउने कुरामा गाउँपालिका किन पछि परेकाे जिज्ञासा राख्दै सरकारले स्मार्ट सिटि घाेषणा गरिसकेकाे हुदा अब गाउँपालिकाले स्मार्ट बाटाे, स्मार्ट नागरिक र स्मार्ट सेवा खाेई त ? त्यसकाे जवाफ गाउँपालिका अध्यक्षले दिनु पर्ने धारणा राखेका थिए ।
गाैरीगंज दर्पणका सम्पादक मदन राजवंशीले गाउँपालिकाले बाहिका मिडियालाई अनावश्यकरूपमन जनहितमा जारी विज्ञापनका नाममा रकम निकासा गर्नु नहुने र सार्वजनिक सुनाई कार्यक्रम सञ्चालन गर्न स्थानिय मिडिया सक्षमा रहेकाले स्थानिय मिडियालाई दिनु पर्ने धारणा राखेका थिए । कडारूपमा प्रस्तुत भएका पत्रकार राजवंशी हिमशिखर टेलिभिजनप्रति लक्षित गरि गाउँपालिका नागरिकहरूले हेर्दै नगरेकाे टिभीलाई सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले कसरी दियाे ? के बेथितिविरूद्व एक दिन पनि हिमशिखर टिभीले बाेलेकाे छ ? प्रश्न गर्दै प्रमुख प्रशासकिय अधिकृत मणिराम खतिवडासंग त्यसकाे जवाफ मागेका थिए ।
गाउँपालिका उपाध्यक्षका प्रतिस्पर्धी तथा एमालेका नेता विद्यानन्द राजवंशीले गाउँपालिकाकाे सार्वजनिक सुनुवाई कार्यक्रम समय सापेक्ष नभएकाे टिप्पणी गरे । सार्वजनिक सुनुवाई गर्दा पहिला पाँच बर्षकाे कार्यकालमा गरेका कार्यहरूकाे लेखाजोखा गरेर मात्र याे कार्यक्रम राख्नु पर्ने थियाे तर त्यस्ताे नभएकाेले याे सार्वजनिक कार्यक्रम असफल र बेकामे भएकाे आलाेचना स्थानिय नेता राजवंशीले गरे । स्थानिय पर्शुराम काफ्लले बाहिरका मिडियालाई १० हजार रूपैयाँ दिएकाे सहि हाे कि हाेईन त्यसकाे जवाफ प्रशासकिय अधिकृतले स्पष्टरूपमा दिन माग गरे ।
हिमशिखर टेलिभिजनकाे प्राविधिक सहयाेगमा भएकाे सार्वजनिक सुनुवाई कार्यक्रम भएकाे थियाे । कार्यक्रममा गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का वडा अध्यक्ष श्रवण गिरी, वार्ड नं. ४ का वडा अध्यक्ष फेका गिरी, कार्यपालिका सदस्य राधा अधिकारी, विषयगत शाखाका प्रमुख नारायत चँधरा, सुष्मा काेईराला, विरेन्द्र खड्का, टंकप्रसाद खरेल, राम चन्द्र मिश्र, वेगम राई, राजकुमार राजवंशी, सुमन थापालगायतकाे सहभागिता थियाे ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस