गाैरीगंजकाे डाैवाबारीमा आगलागी भई ट्याक्टर ,थ्रेसर र धान जलेर नष्ट

December 25, 2022 मा प्रकाशित

गाैरीगंज १०, पुस/ गाैरीगंज गाउँपालिका वडा नं. ६ स्थित डाैवाबारीमा नगेन्द्र ढकालको खेतमा आगलागी भएको छ ।

खेतमा थ्रेसर लगाउने क्रममा आज विहान करिब ११ बजे आगलागी भएको हो। ढकालको पाैन २ विगाह खेतको धान र बाबुराम राजवंशीको ट्याक्टर र थ्रेसर जलेर नष्ट भएको छ । स्थानियकाे सहयाेगमा केही धान मात्र जल्नबाट बचाएकाे नगेन्द्र ढकालले बताए ।
आगो निभाउन ईलाका प्रहरी कार्यालय गाैरीगंजबाट प्रहरी र गाैरादह दमकललगायत स्थानिय घटनास्थल पुगेका थिए ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस