सगरमाथा तेक्वान्दो डोजाङले दमकमा तेक्वान्दाे प्रतियाेगिता गर्ने

January 30, 2023 मा प्रकाशित

सगरमाथा तेक्वान्दो डोजाङले दमकमा तेक्वान्दाे प्रतियाेगिता गर्ने

Advertisement

दमक/ बेलायतमा मुख्य कार्यालय रहेको सगरमाथा तेक्वान्दो डोजाङले नेपालस्थित सो डोजाङका प्रशिक्षार्थी खेलाडी बिद्यार्थीहरुबीच तेक्वान्दो प्रतियोगिता दमकमा आयोजना गर्ने भएको छ ।
दमकस्थित सर्वाेदय बोर्डिंङको खेल मैदानमा २१ माघमा आयोजना गरिने सो प्रतियोगिताका बिषयमा आज(सोमबार) दमकमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको हो ।

पत्रकार सम्मेलनमा समगमाथा मार्सल आर्ट एकाडेमीका संस्थापक एवं मार्सल आर्टका अन्तराष्ट्रिय खेलाडी प्रशिक्षक राष्ट्र राईले सगरमाथा तेक्वान्दो डोजाङ्गमा आवद्ध खेलाडीहरुको प्रोत्साहन र खेल प्रतिभा विकासका लागि बेलायतमा रहेका संघसंस्था तथा खेलप्रेमीहरुको सहयोगमा सो प्रतियोगित आयोजना गरिएको बताए ।
प्रतियोगितामा लाग्ने झण्डै पाँच लाख रुपैया बजेट सम्पूर्ण बेलायतस्थित खेल सम्बद्ध तथा अन्य खेलप्रेमी दाताहरुले ब्यहोर गर्ने पत्रकार सम्मेलनमा जनाइएको छ ।
सरकारी निकायको आर्थिक सहयोग बिनानै आयोजना गर्ने तयारी गरिएको सो प्रतियोगिताको उदघाटन दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले गर्ने जनाइएको छ । पत्रकार सम्मेलनमा सगरमाथा डोजाङकी नेपालस्थित प्रशिक्षक बिद्या राईले प्रतियोगितामा सगरमाथा तेक्वान्दो डोजाङको दमक र उदयपुर शाखामा प्रशिक्षार्थीका रुपमा रहेका १८ देखि ५० केजी सम्मको तौल समुहका कूल ७० जना खेलाडी बिद्यार्थीहरुले भाग लिने जानकारी दिइन । पत्रकार सम्मेलनमा दमकस्थित सो डोजाङका व्यवस्थापक जितु धिमालले प्रतियोगिताले स्थानीय खेलाडी प्रतिभाहरुको बिकास र उजागर गर्नमा योगदान दिने विश्वास गरिएको बताए । उनले दमकमा क्रियाशील पत्रकार परिवारका सदस्यहरु (छोराछोरी)लाई सगरमाथा डोजाङमा निशुल्क तेक्वान्दो खेलको प्रशिक्षण सेवा प्रदान गर्ने घोषणा समेत गरे । सो अवसरमा दमकका सामाजिक तथा राजनीतिक युवा व्यक्तित्व पर्शुराम रिजालले सगरमाथा डोजाङले बेलायतमा मुख्य कार्यालय स्थापना गरेर पनि दमकमा शाखा सञ्चालन गरि दमकको खेलकुद बिकासमा दिएको योगदानको उच्च प्रशंसा गरे ।
आयोजक संस्थाले प्रतियोगिता आयोजना गर्ने प्रयोजनका लागि बेलायतमा रहेका संघ संस्था र खेलप्रेमीहरुले सहयोग गर्ने तत्परता देखाएकोप्रति धन्यवाद समेत व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस