लागूऔषध न्युनिकरणका लागि कमलनगर जेसिजकाे वाेर्डरमा कार्यक्रम

January 31, 2023 मा प्रकाशित



गाैरीगंज १७, माघ / लागुऔषध ओसार पसार तथा सेवनकर्ताकाे संख्या दिनानुदिन बढ्दै गएकाे बेला नेपाल भारत सिमाक्षेत्रमा त्यसकाे न्युनिकरण र नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रमकाे आयाेजना गरिएकाे छ ।
लागुपदार्थको सेवन र ओसारपसार सम्बन्धि झापाको गौरीगंज -५ फत्तेपुर नाकामा कमल नगर जेसिजले जनचेतनामुलक कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।
गौरीगञ्ज गाउँपालिकाकि उपाध्यक्ष पुजन न्यौपाने कुँवरकाे प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएकाे थियाे।
लागुआैषध सेवनले युवा पुस्तामा नकारात्मक प्रभाव पर्ने भएकाले युवाहरु आफू पनि लागुपदार्थ सेवनबाट टाढा रहेर सचेत नागरिक भई यसलाई न्यूनिकरण गर्न लाग्नुपर्ने उपाध्यक्ष कुवँर बताएकी छन् । उपाध्यक्ष कुवँरले लागुपदार्थ सेवन वा ओसार पसार गरेर त्यसको बिक्रिवितरण गर्ने कार्यमा संलग्न व्यक्तिहरु बारे थाहा पाएमा सिमामा रहेका सुरक्षाकर्मीहरुलाई जानकारी गराउनु पर्ने बताईन् ।
गौरीगंज गाउँपालिका -५ फत्तेपुरको सिमा क्षेत्रमा गरिएको कार्यक्रममा कमलनगर जेसीज अभियन्ता तथा कमल गाउँपालिकाका वडाध्यक्ष केदार कट्वालले प्रदेश नं. १ भित्र लागुपदार्थ सेवन र ओसारपसार कार्यले विकराल रुपमा लिदै गएकाे बताएका थिए। युवा समुदायहरुमा जनचेतना जगाउन सके नियन्त्रणमा सहज हुने कार्यक्रममा बताएका थिए।
ईलाका प्रहरी कार्यालय गौरीगंजका प्रमुख जितेस दाहालले लागुपदार्थ सेवन तथा ओसारपसार कार्यलाई नियन्त्रण गर्न ब्युरो खडा गरेको जानकारी गराउदै यस कार्यलाई नियन्त्रण गर्न प्रहरी कडा रुपमा लागिपरेको बताएका थिए ।

प्रदेश नं. १ लागुऔषधका बिषयमा रेड जोनमा परेको बताउँदै प्रहरी निरीक्षक दाहालले पछिल्लो समयमा झापा लागु औषधको लागि पहिलो नम्बरमा रहेकोले नियन्त्रणमा जनसमूदायहरुले पनि चासो राख्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय केर्खाका प्रहरी नायब निरीक्षक सुवास मिश्रले लागुपदार्थको सेवनले दैनिक जिवन, आर्थिक पक्ष र स्वास्थ्यमा नराम्रो असर पर्ने भएकोले यसको सेवन नगर्न आग्रह गरेका थिए। लागुपदार्थ दुव्यर्सनीमा पक्राउ परेका व्यक्तिहरुसँग सोधपुछ गर्दा धेरैजसो सीमा क्षेत्रबाट लागुऔषध ओसारपसारको कारोबार हुने भएको उनीहरुकाे भनाइ थियाे।
लागुऔषध सेवनकर्ताले लागुऔषध सेवन गर्दा विभिन्न अपराधिक घट्ना घटाउनुका साथै दुर्घटनाको जाेखिम बढ्ने भएकाले यसलाई न्युनिकरण गर्न सबै नागरिक सजग रहनुपर्ने जनाउदै सहभागीहरूले कार्यक्रममा सिमा क्षेत्रमा सचेतना जगाउने होर्डिङ्ग बोर्ड राखेका थिए।

शान्ति पदयात्रा, यातायातका साधनहरुमा लागुऔषध सचेतना सम्बन्धि स्टिकरहरु टाँस्नुका साथै वितरण समेत गरिएको थियो । कमलनगर जेसीजकि कोषाध्यक्ष कमला दाहालले जेसीज आस्था वाचन गरेका थिए । कार्यक्रममा अधिकांश वक्ताहरुले लागुपदार्थ के हो ? यसको सेवनले के असर पुर्याउँछ ? युवायुवतीहरु लागुऔषध कुलतबाट कसरी बच्ने ? लगायतका बिषयमा चर्चा गरिएकाे थियाे।

गौरीगंञ्ज गाउँपालिका – ५ का वडा अध्यक्ष विजयसिंह गनगाई, ईलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख चुडामणी आपागाई, गाैरीगंज गाउँपालिकाका निवर्तमान उपाध्यक्ष दिपिन्द्र थापा, कमल नगर जेसीज वर्ष २०२० का अध्यक्ष जेसी हेम दाहाल , कमल नगर जेसीज २०२२ का अध्यक्ष जेसी नारायण बस्नेत , कमल उद्योग वाणिज्य संघका महासचिव युवराज पाठक, लायन्स क्लब अफ गौरीगंञ्जका अध्यक्ष अर्जुन दंगाल, उद्योग वाणिज्य संघ गौरीगंजका अध्यक्ष मखना महतो, शसस्त्र सिमाबल फत्तेहपुरका प्रहरी सहायक निरिक्षक गुरुपदा दास लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको थियाे। कार्यक्रममा ज्ञानाेदय माविका विद्यार्थीलगायतकाे सहभागीता थियाे ।
कार्यक्रम संयाेजक जेसी तिर्थ पौडेलले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा महासचिव जेसी हरी अधिकारीले संचालन गरेका थिए।कार्यक्रम कमल नगर जेसिज बर्ष २०२३ का अध्यक्ष रिजु कार्कीकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस