दमकका १८ बर्षिय रिवाज पौडेलको जीवन बचाई दिन सार्वजनिक अपिल

February 7, 2023 मा प्रकाशित

दमक/  दुर्घटनामा परेर सख्त घाईते भएका दमकका १८ बर्षिय एक किशोरको उपचारका लागि परिवारले सहयोगको याचना गरेका छन । दमक ५ स्थित मेची सेकेण्ड्री बोर्डिङ स्कूलका पूर्व बिद्यार्थी रिवाज पौडेल र उनका एक जना साथी एउटै सवारीमा गत शुक्रबार सवारी दुर्घटनामा परेका थिए ।
दुर्घटनाका कारण उनको टाउकोमा गम्भिर चोट लागेको चिकित्सकहरुलाई उदृद्ध गर्दै रिवाजका बुबा शेखर पौडेलले जनाएका छन । रिवाजको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । उनको शुक्रबारनै टाउकोको शल्यक्रिया (अपरेशन)भएको छ ।
उनको उपचारमा हाल सम्म ११ लाख रुपैयाँ भन्दा बढी रकम खर्च भइसकेको र अहिले पनि सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ । उनलाई थप उपचार आवश्यक भएको चिकित्सकहरुलाई उदृत गर्दै उनको उपचारमा सहजीकरण गरिरहेका मेची सेकेण्ड्री बोर्डिङ स्कूलका प्रिन्सिपल श्रवण पोखरेलले जानकारी दिए ।
डाक्टरहरुले थप उपचार आवश्यक भएको बताइरहेका छन उपचार खर्चको अभाव हुँदा उपचार पाउन नसक्ने अवस्था पनि आउँदो रहेछ त्यसैले रिवाजको उपचारमा आर्थिक जोहो गर्नुपर्ने देखिन्छ – प्रिन्सिपल पोखरेलले भने ।
रिवाजका बुबा शेखर पौडेलले आफूसंग भएको पैसा अस्पतालमा बुझाइसकेको र उनको उपचारका लागि थप रकम आवश्यक भएकाले सहयोग गरिदिन सार्वजनिक अपिल गरेका छन । अस्पतालमा छोराको उपचारमा रहेका पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत छोराको जिवन बचाई दिन सार्वजनिक अपिल गरेका हुन । सबैलाई सहयोगका लागि प्रिन्सिपल पोखरेलले पनि अपिल गरेका छन ।
रिवाजको उपचारमा सहयोगका लागि अमेरिकामा रहेका दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका सहयोगी , सामाजिक व्यक्तित्व सुदिपराज पन्तले पनि सार्वजनिक अपिल गरेका छन । उनको अपिल पछि त्यहाँँ सहयोगी हातहरु रिवाजको उपचारका लागि अघि बढिरहेका बताइएको छ ।
रिवाजको उपचारमा सहयोग गर्न इच्छुक सहयोगी मनहरुले शेखर पौडेलको नाममा रहेको माछापुच्छ्रे बैंकको खाता नं (AC no – Shekhar paudel 0610954800300019 Machhapuchchhre bank मा सोझै सहयोग रकम जम्मा गरिदिन सक्ने परिवारले जनाएको छ । दाताहरुबाट प्राप्त हुने सहयोगको विस्तृत विवरण यसै निष्कर्ष न्यूज डटकमका साथै विभिन्न सञ्चार माध्यमहरु मार्फत सार्वजनिक गरिनेछ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस