नेपाल प्रेस युनियन माईपश्चिम क्षेत्रिय समितिकाे अध्यक्षमा विष्णु पाैडेल सर्वसम्मत चयन

February 18, 2023 मा प्रकाशित

दमक, ६ फागुन/
नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समिति दमकको अध्यक्षमा बिष्णु पौडेल निर्वाचित हुनु भएको छ । आज इलामको चुलाचुलीस्थित चपेटीमा सम्पन्न यूनियनको दोश्रो अधिबेशनले पौडेलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा नगेन्द्रमणि न्यौपाने, महिला उपाध्यक्षमा शान्ति सुब्बा, सचिव सन्तोष विष्ट र कोषाध्यक्षमा नवराज न्यौपाने निर्वाचित हुनु भयो । यसैगरि समितिका सदस्यहरुमा युवराज रेग्मी, दिलकुमारी राई, प्रकाश चम्लागाई र देव तिम्सीना चुनिनु भएको छ ।
यूनियनको अधिबेशनले निवर्तमान अध्यक्ष विष्णु सुब्बाको संयोजकत्वमा पाँच सदस्यीय एक सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकार समितिको सदस्यहरुमा गिरीराज भट्टराई, शेसेहाङ फियाक, बेणुप्रसाद अधिकारी र आत्माराम राजवंशी चुनिनु भएको छ । यूनियनको नेतृत्व चयन गर्न अग्रज पत्रकार गोविन्दचन्द्र क्षेत्रीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।
बनभोजसहितको अधिबेशनमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य महेन्द्रकुमारी लिम्बू, यूनियनकी केन्द्रीय सचिव रोजिना रोदन, प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौला, अग्रज पत्रकार गञ्जबहादुर दाहाल, कांग्रेस प्रदेश १ सदस्य भूमिराज राई, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, प्रेस चौतारीका केन्द्रीय सदस्य टिकाराम उप्रेती, प्रेस सेन्टरका प्रदेश सचिव चिरन्जीवि घिमीरे लगायतले बोल्नु भएको थियो । वेणु अधिकारीले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा यूनियनका सदस्यहरु, विभिन्न पत्रकारजन्य संगठनका प्रतिनिधि गरि जिल्लभरिका एक सय पत्रकारहरुको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस