मिराकल फाउन्डेसन गाैरीगंजद्वारा नमुना सडक निर्माणका लागि वृक्षारोपण तथा फाेहाेर व्यवस्थापन

February 19, 2023 मा प्रकाशित

गाैरीगंज ७, फागुन / गाैरीगंज साेसियल मिराकल फाउण्डेशनले आज एक कार्यक्रमकाे आयाेजना गरि वृक्षाराेपण तथा नमुना सडक निर्माणका लागि फाेहाेर व्यवस्थापन कार्यक्रम गरेकाे छ ।
प्रजातन्त्र दिवस तथा महाशिवरात्री पर्वकाे अवसरमा आयाेजित कार्यक्रमकाे प्रमुख अतिथि गाैरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी थिईन् ।
मिराकल फाउण्डेशनका अध्यक्ष मनाेज दासकाे अध्यक्षतामा भएकाे कार्यक्रममा हुलाकी सडककाे महेन्द्र चाैकमा ७ वटा झण्डा उत्ताेलन गरेर राष्ट्रिय झण्डा फहराएका थिए । गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशी, उपाध्यक्ष पुजन न्याैपाने कुवँर , गाउँपालिका निवर्तमान उपाध्यक्ष दिपिन्द्र थापा, उद्योग वाणिज्य संघ गाैरीगंजका अध्यक्ष तथा निवर्तमान वडा अध्यक्ष मखना महताे, ईलाका प्रशासन गाैरीगंजका प्रमुख चुडामणि आँपगाई, नेपाल वैंक लिमिटेडका प्रमुख सञ्जय साहु, फाउन्डेसनका अध्यक्ष मनाेज दासलगायतले एकसाथ ७ वटा झण्डा फहराएका थिए ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित खजुरगाछी बजारमा रहेकाे त्रिभुवन पुस्तकालयसंगै पश्चिम तर्फ रूवि डिपार्टमेन्ट हुँदै गएकाे सडकलाई नमुना सडककाे रूपमा निर्माण गर्न सडककाे डिभाईडरमा फूलकाे गमला राखि वृक्षारोपण गरिएकाे छ भने फाेहाेर व्यवस्थापनका लागि डस्टविनहरू राखिएका छन् । आैपचारिक कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिकाकि अध्यक्ष फूलवती राजवंशी, उपाध्यक्ष पुजन न्याैपाने कुवँर, निवर्तमान उपाध्यक्ष दिपिन्द्र थापा, वडा नं. ३ का अध्यक्ष श्रवण गिरी, निवर्तमान वडा अध्यक्ष तथा उद्योग वाणिज्य संघ गाैरीगंजका अध्यक्ष मखना महताे, कार्यपालिका सदस्य राधा अधिकारीलगायतले फाउन्डेसनले गरेकाे फाेहाेर व्यवस्थापन तथा नमुना सडक निर्माणका लागि वृक्षारोपण कार्यकाे प्रसंसा गर्दै अझै भविष्यमा यस्तै किसिमका थप कार्यक्रमहरू गर्न अाग्रह गरेका थिए । कार्यक्रमकाे संचालन कृष्णदास बाबाजीले गरेका थिए ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस