हात्तीपाईले राेग विरूद्वकाे औषधि सेवन अभियान गाैरीगंजमा शुरू, पहिलाे दिनमै २१९६ जनाले सेवन गरे

February 23, 2023 मा प्रकाशित

गाैरीगंज ११, फागुन /
गाैरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले हात्तिपाईले राेगविरूद्वकाे आम औषधि सेवन अभियान २०७९ काे शुभारम्भ गरेकी छन् ।
उनले हात्ती पाईले राेग विरूद्वकाे औषधि सेवन गरेर अाम औषधि सेवन कार्यकाे शुभारम्भ गरेकी हुन् ।

गाैरीगंज गाउँपालिकाले हात्तिपाईले रोग विरुद्धको औषधी बढि भन्दा बढि नागरिकलाई सेवन गराउनका लागि विहिवारदेखि विशेष अभियान सञ्चालन गरेकाे हाे ।

गाउँपालिका तथा त्यस मातहतकाे कार्यालयबाट सेवा लिन आउदा हात्तिपाईले राेग विरूद्वकाे आम औषधि सेवन गरेकाे प्रमाण पत्र नभए अागामी चैत्र महिनादेखि सेवा सुविधाबाट वञ्चित गरिने गाउँपालिका अध्यक्ष राजवंशीले बताईन् ।

गाउँपालिकाकि उपाध्यक्ष पुजन न्याैपाने कुवँरले बढी भन्दा बढि हात्तीपाईले रोग विरुद्धको औषधी सेवनका लागि वडास्तरदेखि विशेष कार्यक्रमलाई जोड दिइने बताएकी छन् ।
उपाध्यक्ष कुवँरले विशेष योजना सहित वडास्तरमा जान स्वास्थ्य शाखालाई आग्रह गरेकी छन् । उनले अभियानको सफलताका लागि राजनीतिक दल, धर्मगुरु, नागरिक समाजका अगुवा लगायत सबैको साथ आवश्यक भएको बताईन् ।

अाैषधि सेवन शुभारम्भ कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सन्ताेष श्रेष्ठ, स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्र, ईलाका प्रहरी कार्यालयका प्रमुख जितेश दाहाल, वार्ड सदस्य गंगा राजवंशीलगायत गाउँपालिकाका विभिन्न शाखाका कर्मचारीहरूले अाैषधि सेवन गरेका थिए । गाउँपालिकाकाे वार्ड नं. १ देखि ६ सम्मकाे टाेल र गाउँहरूमा अाैषधि सेवन अभियान र सचेतना कार्यक्रम गरिएकाे थियाे ।
गाउँपालिका र गाउँपालिका मतहतका कार्यालयहरूबाट १२०५ महिला, ९९१ पुरुष गरि जम्मा २१९६ जनाले हात्तीपाईले राेग विरूद्वकाे अाैषधि सेवन गरेकाे स्वास्थ्य शाखा प्रमुख मिश्रले जानकारी दिएका छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस