गाैरीगंजका सबै विद्यार्थीकाे लागि निःशुल्कमा आँखा र दाँतकाे शिविर सञ्चालन

March 4, 2023 मा प्रकाशित

गाैरीगंज २०, फागुन / गाैरीगंज गाउँपालिकाका सबै सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीका लागि निःशुल्क अाँखा र दाँतकाे शिविर सञ्चालन भएकाे छ ।
गाैरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी र उपाध्यक्ष पुजन न्याैपाने कुवँरले संयुक्तरूपमा शिविरकाे औपचारिकरूपमा गाैरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित खजुरगाछी माविबाट शुक्रबार उद्वघाटन गरेका हुन् । गाैरीगंज गाउँपालिकाकाे आर्थिक र व्यवस्थापकिय सहयाेगमा सञ्चालन भएकाे शिविर चैत्र १३ गतेसम्म रहने छ । शुक्रवार अाैपचारिकरूपमा सञ्चालन भएपनि बुधबारदेखिनै गाैरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित क्रिमसन ईङ्गलिस बाेर्डिङ्ग स्कुलबाट शिविर शुरू भएकाे थियाे ।

खजुरगाछी माबिमा भएको शिबिरमा ७ सय ४१ जना बिद्यार्थीले आँखा परिक्षण गराएका छन् । जसमध्ये एक जना बिद्यार्थीमा मोतियाबिन्दु र अन्य ३ जनामा आखा सम्बन्धि समस्या देखिएकोमा चारै जनालाई थप निःशुल्क उपचारका लागि मेची आँखा अस्पताल रेफर गरिएको कुरा स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जनाएका छन् । त्यसैगरि सो शिबिरबाट ४ सय ३२ जना बिद्यार्थीहरुले दाँत परिक्षण गराएका छन् । जस मध्ये ५२ जना बिद्यार्थीको दातमा किरा लागेकोमा १५ जनाको दात फुकालेको र अन्य ८ जना दाँत रोगी बिद्यार्थीलाइ थप निशुल्क उपचारका लागि ओम शान्ती डेन्टल हस्पिटल रेफर गरिएको स्वास्थ्य शाखा प्रमुख मिश्रले जनाएका छन् ।
त्यसैगरी गाैरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित क्रिमसन ईङ्गलिस बाेर्डिङ्ग स्कुलमा सञ्चालन गरिएकाे शिविरमा २३८ जना विद्यार्थीलाई आँखा चाच गरिएकाे थियाे । जसमध्ये अाँखामा समस्य देखिएकाे ४ जनालाई चश्मा दिईएकाे थियाे भने ३ जनालाई रेफर गरिएकाे थियाे ।

गौरीगंज गाउँपालिकाको आयोजना तथा मेची आँखा अस्पताल बिर्तामोड र ओम शान्ती डेन्टल हस्पिटल दमकको प्राबिधिक सहयोगमा सञ्चालन भइरहेको निःशुल्क स्वास्थ्य शिबिरमा आखा परिक्षण तर्फ मेची आँखा अस्पतालका स्वास्थ्य शिक्षा अधिकृत युवराज वरालको नेतृत्वमा दृष्टि बिशेषज्ञहरु अजय कुमार राय प्रियँका यादव नेत्र सहायक दिक्षा भट्टराई लगायतका चिकित्सक तथा प्राविधिकहरुले स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् भने दन्त परिक्षणतर्फ कमल गैरेको नेतृत्वमा ओम शान्ती डेन्टल हस्पिटलका डा सँगिता राइ बिनिता गुड्डे रोहित गिरी लगायतका चिकित्सक तथा प्राबिधिकहरुले सेवा दिइरहेका छन् भने आँखा र मुखकाे स्वास्थ्य क्याम्पकाे सहजिकरण लायन्स क्लव अफ कमल प्राेफेसन्लले गरेकाे थियाे ।

Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस